नेकपाको नवौं महाधिवेशन लक्षित सामना सांस्कृतिक अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौँमा हुने नवौं महाधिवेशनलक्षित सामना अभियान सुरु भएको छ । आइतबार ललितपुर महानगरपालिका वडा १२ लगनखेलमा हजारौं जनसमुदायमाझ अभियान उदघाट्न भएको हो । उक्त कार्यक्रममा सामना परिवारले गित, नृत्य, प्रहसनसहितको प्रस्तुति दिएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेवा मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष रत्न महर्जनले सरकारले तीन बुँदे सहमति कार्यन्वयन गर्नु पर्नेमा जोड दिदै पक्राउ पुर्जी मान्य नहुने बताए भने महालक्ष्मी नगर ईन्चार्ज प्रतिबद्धले सत्ताविरुद्ध लड्नु पर्ने बताएका थिए ।

कार्यक्रममा जिल्ला ईन्चार्ज नवीन, सचिव ललित र युवा , विद्यार्थी , महिलालगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन आरोहले गरेका थिए ।