‘राज्यले तीन बुँदे सहमतिमाथि बेइमानी गर्यो ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य उमा भुजेलले आफ्नो पार्टी तीन बुँदे सहमतिप्रति इमान्दार भए पनि राज्यले राजनीतिक बेइमानी गरेको ठोकुवा गरेकी छिन । नेपाल कम्युनिस्ट पार्टी गोर्खास्थित गोरखा नगरपालिकाको दोस्रो भेलालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेकी हुन्।
उनले पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेता कार्यकर्तामाथीको पक्राउ पुर्जीका विरुद्ध पार्टीले डटेर सामना गर्नेसमेत बताइन् ।
कार्यक्रममा गोर्खाका सेक्रेटरी कपिल भट्ट, विशेष समिती सदस्य योगेन्द्र कुमाल, सहिद भीष्म कुमालको श्रीमती मैतिदेबी कुमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने बधाई मन्तव्य युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा गोरखा जिल्ला संयोजक रण बहादुर गुरुङले राखेका थिए ।
उक्त भेलाको सञ्चालन सुजन गुरुङ र अध्यक्षता कृष्ण बहादुर अधिकारीले गरेका थिए । भेलाले कृष्ण अधिकारीको नेतृत्वमा २७ सदस्यीय नगर समिति निर्वाचित गरेको छ ।
