दल दर्ताको समयावधि सकिदै

२०७९ श्रावण ३१ गते, मंगलवार

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयावधि आज सकिँदैछ । आयोगले २२ साउनदेखि दल दर्ताको कार्यक्रम सुरु गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार मंगलबार दल दर्ताको अन्तिम दिन हो । निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरुले मंगलबार कार्यालय समयभित्र दल दर्ता गराइसक्नु पर्ने आयोगले जनाएको छ ।
दल दर्ताको निवेदन दिंदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता समेत खुलाउनु पर्ने छ ।
दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति, दलको केन्द्रीयस्तर र प्रदेशको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति र दलको केन्द्रीयस्तर र केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या र संगठनात्मक स्वरुप पनि खुलाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]