नेकपा शुक्लाफाँटा नगर समितिकाे तेस्राे सम्मेलन सम्पन्न

२०७९ श्रावण ३१ गते, मंगलवार


काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टीको नगर सम्मेलन सम्पन्न भएको छ । उक्त शुक्लाफाटा नगर समितिकाे तेस्राे सम्मेलनले नन्दराम वडलाई नगर सचिव चयन गर्दै १७ सदस्य नगर समिति गठन गरेको नेकपा कञ्चनपुर जिल्ला सचिव प्रकाश मल्लले बताए ।

सचिव मल्लले भने,“ हाम्रो कञ्चनपुर जिल्ला पार्टी जिल्लाका विभिन्न नगर समिति भेला , वडा भेला, र यही अर्को महिना भदौ ११ गते कञ्चनपुर जिल्ला पार्टीको नै सम्मेलन गर्ने तयारी मा छौ ।”
दलाल संसदीय व्यवस्था को अन्त्य नहुँदा सम्म नेपाली जनता का आवश्यकता पूरा नहुने कुरा बताउँदै एकीकृत जनक्रान्ति को कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न आम जनताहरू यो महान् समाहित हुनुपर्ने समेत सचिव मल्लको भनाई थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार