युक्रेनी सेनाद्वारा क्राइमियाकाे सैन्य गोदाममा आक्रमण !

काठमाडौं । रुसी रक्षा मन्त्रालयले युक्रेनी सेनाले क्राइमियाको सैन्य गोदाममा विष्फोट गराएको आरोप लगाएको छ । रुस अधिनस्थ क्राइमिया क्षेत्रमा रहेको सैन्य गोदाममालगातार आक्रमण र विष्फोट भएको छ । विष्फोटका कारण ३ हजार मानिस विस्थापित भएका छन् भने रेलवे तथा यातायात सेवा पनि अवरुद्ध भएको छ । क्राइमियाको मेस्कोप गाउँ नजिक रहेको गोलाबारुद भण्डारमा भएको विष्फोटमा मानवीय क्षति नभएता पनि हजारौं जनताको बिचल्ली भएको छ । युक्रेनले भने विष्फोटका जिम्मा लिएको छैन् । यसअघि पनि युक्रेनले क्राइमियामा रुसी बेसक्याम्पमा लगातार रुपमा आक्रमण गर्दै आएको थियो । गत साता युक्रेनी सेनाले सोही क्षेत्रमा गरेको विष्फोटका कारण रुसतर्फ ठूलो क्षति पुगेको थियो ।