नेकपा कास्की र ईलामद्वारा तीन बुंदे सहमति कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीको संयुक्त मोर्चाले कास्कीमा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेकपासङ्ग तत्कालीन सरकारले गरेको ३ बँदे सहमती बिपरित सरकारी पक्षबाट नेकपा महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताकार्यकर्तामाथी पक्राउ पुर्जी जारी गरेपछि राष्ट्रियताको पक्षमा आन्दोलनरत मोर्चा झनै सशक्त बन्दै संघर्षमा उत्रेको हो । पक्राउ पुर्जी, एमसिसी सम्झौता , एसपीपी, महङ्गी विरुद्धका बिषयमा केन्द्रिय कार्यक्रम अनुसार नै जिल्लामा कार्यक्रम गरिएको नेकपा कास्की सेक्रेटरी काजी गुरुङले बताए ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी ईलामले पार्टी महासचिब बिप्लवलगायात्क्का नेताबिरुद्धमा जारी भएको पक्राउ पुर्जी खारेजिको माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई लाई ज्ञापन पत्र बुझाएको छ । पार्टीका जिल्ला सचिब मौसमको नेतृत्वमा गएको टोलिले जिल्ला प्रशान कार्यलय ईलामका प्रमुख माधब प्रसाद ढुङ्गानालाई ज्ञापन पत्र बुझाएको हो

ज्ञापन पत्रमा पार्टी महासचिब लगायत, नेता कार्यकर्ता बिरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज हुनु पर्ने, रास्ट्रघाती सम्झौताहरु खारेज हुनु पर्ने, तीन बुंदे सहमतीमा राज्य ईमानदार हुनु पर्ने लगायतका मागहरु छन । पक्राउ पुर्जि खारेजको बिरोध गर्दै भदौ ७ गते नेपाल बन्दको घोसणा गरिसकेको छ ।
तीन बुंदे सहमतिमा राज्य ईमानदार नभए संघर्षमा जाने नेकपाका अधिकांस नेताहरुले बोल्न थालिसकेका छन ।