नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाको १४ औँ पूर्ण बैठक सम्पन्न

२०७९ भाद्र ३ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचीवलय सदस्य सन्तोष बुढामगरको प्रमुख अतिथि तथा जिल्ला इन्चार्ज विबेक कुमालको अतिथि र जिल्ला सचिव दिनेश मगरको अध्यक्षतामा बसेको बैठकले भदौ १७ र १८ गते जिल्ला सम्मेलन सक्ने निर्णय सहित बैठक सम्पन्न गर्ने भएको छ। उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बैठकका प्रमुख अतिथि कमरेड विषयमले आगामी बर्तमन परिस्थिति पार्टीको भाबी योजना र केन्द्रीय समितिको बैठक,जिल्ला समिति सदस्यले राखेको भाबलाई समेटेर प्रशिक्षण दिदै सरकारले नेपाल कम्युनिस्ट पार्टी संग भएको तीन बुँदे सहमति विपरित महासचिव विप्लव लगायत नेता कार्यकर्ताहरुविरुद्ध जारी गरेको पक्राउ पुर्जी, झुठ्ठा मुद्दा तत्काल खारेजीको माग गरेको छ ।
त्यसैगरी बैठकको अतिथि तथा नेपाल कम्युनिस्ट पार्टी का केन्द्रिय सदस्य तथा ओखलढुंगा ,उदयपुर ईन्चार्ज विवेक कुमालले राष्ट्रघाती सम्झौता एमसीसी, एसपीपी, महंगी र भ्रष्टाचारको विरुद्ध जनसंघर्ष गर्ने, अगामी असोज १ गते काठमाडौँमा उद्घाटन हुने पार्टीको नवौँ महाधिवेशन भव्य रुपमा सफल पार्नको लागि व्यापक रुपमा जिल्लामा जनपरिचालन गर्ने र जनमास तयार गर्ने, जिल्ला सम्मेलन भदौ १७ र १८ गते गर्ने जिल्ला सम्मेलनलाई सफल पार्नाको लागि ब्यापक जिल्ला वार्डमा
नेताकार्यकर्ता परिचालित भै लाग्न र भदौ ७ गते चार दलले आह्वान गरेको नेपाल बन्दको कार्यक्रमलाई सफल गर्न सम्पूर्ण ओखलढुंगा बासि जनसमुदाय, बुद्धिजीवि, कर्मचारी, देशभक्त उत्पीडित वर्ग, पत्रकार राजनीतिक पार्टी र सरोकार निकायलाई अपिल गर्ने लगायतका निर्णय गर्दै बैठक सम्पन्न भएको छ।
-अनिता गजमेर

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार