जेठा बा

(१०० बर्ष अगाडिका कुरा)
मेरा जेठा बा
प्रतापी जेठा बा ।
प्रबल अब्बल दक्ष जेठा बा
सादा जीवन उच्च बिचारका जेठा बा ।
कहिल्यै नझुक्ने जेठा बा
कहिल्यै नथाकने जेठा बा ।
एउटा अहम दम्भ अदम्य जेठा बा
शौम्य रौद्र सालीन आदरार्थी जेठा बा ।
एउटा सँस्कृतिका प्रतिक जेठा बा
पुख्र्यौलीका सम्पदा ईमानदार जेठा बा ।
गाई भैँसीकापारखी जेठा बा
घार्रघुर्र मोहीपार्दै नौनी डल्ला निकाल्ने बा ।
२००२० सालमा फर्कदा–
पाँचमोहरको एक शेर घीउ बिक्रिगर्ने जेठा बा
१६ सालमा रुपैया ँपाथी धान बेच्ने जेठा बा ।
५ रुपैयाँको एक धानी मासु
सहकालका जेठ बा ।
अहिले पाइदैन जेठा बा
अहिले घरमा धान पाईदैन ।
चामल छ बजारमा
पैसा महङ्गो उसबेला ।
१८ सालको अनिकालमा
गाग्रीभरि गहुँ देऊ
तामाको गाग्री लेऊ ।
६ बीसमा लैनो भैंसी
गाउँ घरमा चल्ने भारु ।
मतवाला खान्थे घरेलु रक्सी
अज्ञानता कस्ता े?
भैंसीले दुधनदिए
लाग्यो भन्थे बोक्सी ।
अन्तिम अवस्थामा खुवाइन्थ्यो
मरे मरिन्थ्यो बाँचे बाचिन्थ्यो
प्राणेश्वर पुकार्दै ईश्वर
तर मान्छे हो नश्वर
मान्छेले नै बनाएको ईश्वर
अर्को जुनीकहाँ हुन्छर ?
डार्भिनको बिकासबादले समाज बन्छ
मनुबादले पुराण बन्छ ।
माक्र्सबादले बिज्ञान बन्छ
बाँदरबाट मानिसको प्रादुर्भाब
लाखौं बर्षमा मानब समाज ।
यो हो आदिम साम्यबाद
कृषिको थालनी बर्ग बिभेद ।
तेरो मेरो काट मार
मातृ प्रधानबाट पुरुषप्रधान घरबार ।
महिला ंिहंशा सतीप्रथा
राम सीताकथा
पुरुषले जे गरे निहुनि
बताइन्छ श्री कृष्णका सोह््र सय गोपिनी
कृषिबाट सामन्तबाद
भन्थे राजा रानी जिन्दाबाद
छयालिस सालको जनआन्दोलन
एउटा राजा फालिया े।
तर दर्जनौं राजा पालिया े।
दलाल नेताबाट एमसीसी लादिया े।
एसपीपी रहश्यमय अनि बिष्मय
जेठा बाको पालामा राण शासन
हाम्रो पालामा बिदेशीकाशन।
घाँस भयो भएन हेरचाहगर्नेबा
प्यूठान खैरामाजन्मबिजुवार कर्मथलो बा
बाजेकादुई भाइमा जेठाबा
कान्छा हैजाका बिरामी
कस्तो चेतना?हुन्छ बेदना
पानीनदिँदा एकै रातमाबिदा
कस्तो अन्धो समाज?
पानीपानीभन्दापानीलुकाउने
अनिज्यानै गुमाउने?
शिक्षाको अभाब स्वस्थ्यमालापरबाही
जिल्लामा स्वथ्य सेवाशून्य
कस्तो समाजधन्य?
उसबेलाजनचेतनामाकमी
अहिले फोहरै फोहर
छैनफोहरको मोहर
काठमाण्डौमा झाडा पखाला
हैजाका बिरामी
गर्छौं हामी सरकारको निगरानी ?
मेयर बालेन्द्र शाहएक्लै जिम्मेवारी ?
स्वस्थ्यमन्त्रालयको छैन जिम्मेवारी ?
उहिलेकानबुझेर अन्धो
अहिले बुझेर रतन्धो
बरु जेठा बा स्वस्थ
अर्गेनिकखाना
तर अहिले बीषादी रसादी
हस्पिटलमा त्रासदी।