पुर्बको १ नम्बर प्रदेश स्तरीय संयुक्त बिरोध सभा कार्यक्रम सम्पन्न

२०७९ भाद्र ५ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले घोषित संघर्षका कार्यक्रम अन्तर्गत शनिवार देशव्यापीरुपमा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेका छन । उक्त कार्यक्रमअन्तर्गत पुर्बको १ नम्बर प्रदेश अन्तरगत उदयपुरको सदरमुकाम गाईघाटमा ,सुनसरीको धरान ,पाँचथर,ओखलढुंगा जिल्लामा सयौको संख्यामा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।
यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीको बिरोध कार्यक्रममा उदयपुरमा अखिल (क्रान्तिकारी )विद्यार्थी संगठनको जिल्ला अध्यक्ष मनिश बराईलिको संचालन ,नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति सदस्य तथा नगर सेक्रेटरी राम कृष्ण सदा र बैज्ञानिक समाजबादि कम्युनिस्ट पार्टी,का केन्द्रिय सदस्य तथा प्रदेश ईन्चार्ज गोकुल चाम्लिङले महत्त्वपूर्ण भनाईहरु राखेका थिए।


त्यसैगरी , सुनसरीमा सुरेशको संचालन र सुनसरी जिल्ला पार्टी सेक्रेटरी दिवासले कार्यक्रमलाई सम्बोधन गरेका थिए भने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा सुनसरी ,धनकुटा जिल्ला ईन्चार्ज दिपेशको उपस्थित रहेको थियो।
त्यस्तै ओखलढुंगा जिल्लामा जिल्ला सेक्रेटरी दिनेशको संचालन र नेपाल कम्युनिस्ट पार्टी का केन्द्रिय सदस्य तथा ओखलढुंगा ,उदयपुर जिल्ला ईन्चार्ज बिबेक कुमालले कार्यक्रममा महत्त्वपूर्ण बनाईहरु राखेका थिए।
त्यस्तै पाँचथर जिल्ला सदरमुकाम फिदिमको गणतन्त्र चोकमा बिशेष समिती सदस्य कमरेड बिजय नेम्बाङको संचालनमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सदस्य बिपिन अधिकारी , नेपाल कम्युनिस्ट पार्टीका शिक्षक संगठनका केन्द्रिय सदस्य कमरेड नारायण प्रसाद कार्की, नेकपाका युवा नेता राजन बस्नेत, नेकपा पाँचथरका जिल्ला सेक्रेटरी कमरेड सन्तोष बिष्टले महत्त्वपूर्ण भनाईहरु राखेका थिए।
प्रत्येक जिल्लाहरुमा कार्यक्रममा बोल्दै नेताहरुले नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच भएको ३ बुदे सहमति कार्यन्वायन गर्न नेपाल सरकारलाई अनुरोध गरेका थियो।


उक्त सहमतिको बुंदा : न. ३ मा नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी माथि भएको प्रतिबन्ध हटाउने कारागारमा रहेका पार्टीका नेता कार्यकर्ताहरुको रिहाई र सम्पुर्ण मुद्दाहरु खारेज गर्ने सहमत भएको थियो । तर हालसम्म पनि जेलमा रहेका नेता कार्यकर्तालाई रिहाई गरिएको छैन। झुट्टा मुद्दा खारेज गरिएको छैन , उल्टै नेपाल कम्युनिस्ट पार्टीका महासचिव, प्रबक्ता , सचिवालय सदस्य लगायतका नेता कार्यकर्तालाई ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरिएको छ।
उक्त कार्य नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुदे सहमतिको विरुद्धमा भएको कुरा सरकारले षड्यन्त्रमुलक ढंगले मुलुकलाई जबर्जस्त दन्दमा धकेल्न खोजेको कुरा बताएका छ्न।
उनिहरुले नेपाल कम्युनिस्ट पार्टी संग गरिएको ३ बुदे सहमतिलाई कार्यान्वयन गर्न नेपाल सरकारसंग जोडदार माग गर्दै राष्ट्रघाती एमसिसी सम्झौता र एसपिपी परियोजना , मूल्यवृद्धि , भ्रष्टाचार र विगतमा भएका राष्ट्रहित बिपरितका असमान सन्धिहरु खारेज गर्न र नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको सात गतेको नेपाल बन्द कार्यक्रमलाई सफल पार्नको लागि सम्पूर्ण बुद्धिजीवी ,ब्यापारी ,शिक्षक,विद्यार्थी यातायात ब्याबसायि सबै जनसमुदायलाई सहयोग गरि बन्दलाई सफल पारि दिनु हुनको लागि नेताहरूले अपिलसमेत गरेका थिए।


-अनिता गजमेर,उदयपुर

प्रतिक्रियाहरु

[anycomment]