नेता कार्यकर्ता तत्काल रिहा गर

२०७९ भाद्र ७ गते, मंगलवार


काठमाडौं । अखिल (क्रान्तिकारी)ले तिन वुँदे सहमति अक्षरस कार्यन्वयन गर्न, शान्तिपूर्ण बन्दमा बिनाकारण देशैभरिबाट गिरफ्तार गरिएका सम्पुर्ण नेता कार्यकर्तालाई तत्काल रिहा गर्न जोडदार माग गर्दै अन्यथा भयावह परिस्थिति सिर्जना हुने चेतावनी दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले एक बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन्।
यस बिषयमा अध्यक्ष शाहीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टीसंग भएको तिन वुँदे सहमति विपरित नेकपाका महासचिव क. विप्लव, प्रवक्ता क. प्रकाण्ड लगायतका नेता कार्यकर्ता विरुद्ध जारि गरिएको पक्राउ पुर्जी, राष्ट्रघाति MCC/SPP सम्झौता, वढ्दो महंगी र राष्ट्रघाती सन्धी सम्झौता विरुद्ध ४ कम्युनिष्ट पार्टीहरुले आयोजना गरेको आजको शान्तिपुर्ण नेपाल वन्दको कार्यक्रमबाट हाम्रो संगठनका सचिवालय सदस्य क.तारा संजाल, केन्द्रिय सदस्यहरू क.यशोदा बम, क.ललित एसके, क.दयाराम लुहार, क. प्रकाश कठायत, क.रुपा शाही, क.सुदिप पौडेल दाङ जिल्ला अध्यक्ष क. खुमन पौडेल, अर्घाखाँची जिल्ला संयोजक क. हरि नेपाली, सिटिईभिटी उपत्यका संयोजक क. प्रजित बिक, काभ्रे जिल्ला संयोजक क. प्रशान्त तामाङ, कंचनपुर संयोजक क. भरत विक र विभिन्न जिल्लाका सदस्यहरू क. बिकास, क. सुर्य खनाल, क. चन्द्र सेजुवाल, क. हिमाल केसि, क. रुजित अर्याल, क. राजन ब. सिंह, क. टार्जन वलि, क. अनिल र क. बिजय लगायत कमरेडहरूलाई प्रहरीले गिरफ्तार गरेको छ । साथै देशभरी ४ कम्युनिस्ट पार्टीका नेता/कार्यकर्ता माथी दमन, धरपकड र गिरफ्तारी गरिएको छ ।
यो गैरन्यायिक गिरफ्तारी प्रति हाम्रो संगठन घोर आपत्ति, भत्सर्ना, निन्दा र खेद प्रकट गर्दछ । अशान्ति चाहाने र देशलाई द्वन्द्वमा धकेल्ने राज्यको यो रवैया विरुद्धको बन्दमा हाम्रो संगठन अखिल (क्रान्तिकारी) को पनि दृढ समर्थन रहेको विषय सम्पुर्ण शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी र आम जनसमुदायमा सर्वविदितै छ । तिन वुँदे सहमति अक्षरस कार्यन्वयन गर्न, शान्तिपूर्ण बन्दमा बिनाकारण देशैभरि बाट गिरफ्तार गरिएका सम्पुर्ण नेता कार्यकर्ता लाई तत्काल रिहा गर्न सरकारसंग जोडदार माग गर्दछौँ । अन्यथा भयावह परिस्थिति सिर्जना हुने चेतावनी दिन चाहन्छौं ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार