नेपाल बन्द सफल : माग पुरा नभए तेस्रो चरणको संघर्ष !

२०७९ भाद्र ७ गते, मंगलवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्टघाती एमसीसी संझौता,नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बँुदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरुविरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भ्रष्टाचारको विरुद्ध आज आह्वान गरिएको नेपालबन्दलाई शसक्त रुपमा सफल पार्न सहयोग गर्ने प्रातिका युवा, विद्यार्थी,उद्योगि, यातायात ब्यावसायी, मजदुर,किसान, पत्रकार, सुरक्षाकर्मी, कर्मचारी एवं आमजनसमुुदायलाई धन्यवाद दिएका छन ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती , नेकपा(माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ले आज साँझ एक बिज्ञप्ति जारी गर्दै सो धन्यवाद दिएका हुन ।
नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीद्वारा जारी बिज्ञप्तिमा आजको नेपाल बन्दको क्रममा काठमाडौं, दाङ, पोखरा, चितवन, बाँके, कैलाली, काभ्रे,बाजुरालगायत देशैभरीका जिल्लाहरुबाट बन्दकर्ता तथा जनतामाथि सरकारले गरेको दमन, धरपकड एवं गिरफ्तारी गरी थप झुठा मुद्दामा फसाउने षड्यन्त्रको घोर निन्दा एंव भत्र्सना गर्दै गिरफतार गरिएका सम्पूर्णलाई तत्काल ससम्मान रिहाई गर्न जोडदार माग गरिएको छ।
यसैगरी , बिज्ञप्तिमार्फत जिम्मेवार क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूका मागहरुप्रति सरकार गंभिर नभए तत्काल वैठक बसि तेस्रो चरणको संघर्षको कार्यक्रमहरु घोषणा गरिने चेतावनीसमेत दिइएको छ।

प्रतिक्रियाहरु

[anycomment]