प्रहरी र तस्करबीच झडप

२०७९ भाद्र ८ गते, बुधबार


काठमाडौं । सप्तरीमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी तस्कर समूहबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेका छन् ।जिल्लाको बलान बिहुल गाउँपालिका– ४ बेल्हीमा मंगलबार दिउँसो भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन गएका प्रहरीविरुद्ध तस्करको समूहले आक्रमण गरेपछि प्रहरीले हवाइ फायर गरेको बताए ।
तस्करहरुले गरेको ढुंगा प्रहारबाट चार जना प्रहरी पनि घाइते भएका छन् । अहिले सुरक्षाकर्मी ती सामान नियन्त्रणमा लिएको र यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार