सिटिइभिटी २६ औं वार्षिक उत्सव मनाउँदै

२०७० फाल्गुन १२ गते, सोमबार


काठमाडौ, १२फागुन ।प्राविधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद् (सिटिइभिटी)ले आज २६ औं बार्षिकोत्सब मनाउँदैछ ।सिटिइभिटीले पहिलो पटक आफ्नो वार्षिकोत्सव मनाउन लागेको हो । वार्षिकोत्सवको अवसरमा सर्वोत्कृष्ट कर्मचारी, तालिम दिने संस्थालाई पुरस्कृत गर्ने कार्यक्रम रहेको सदस्य सचिव रामहरि लामिछानेले जानकारी दिए । सिटिइभिटीले वार्षिक रुपमा प्राविधिक शिक्षा र सीपमुलक तालिम गरी झण्डै १ लाख जनालाई तालिम दिंदै आएको छ ।
प्राविधिक शिक्षा पाएका ८० प्रतिशतले र सीपमूलक तालिम पाएका ५० देखि ६० प्रतिशतले रोजगार पाएका सिटिइभिटीको दाबी छ । यस्तै ‘सीपयुक्त नेपाल समृद्ध नागरिक’ भन्ने नाराका साथ सिटिइभिटीले रणनीतिक योजना तयार पारेको छ ।
राष्ट्रिय प्राविधि शिक्षा कोष विकास गरी बेरोजगारको समस्या समाधान गर्न सीपमुलक तालिमलाई प्राथमिकतामा राखेर रणनीति तयार पारेको सदस्य सचिव लामिछानेले बताए । उनका अनुसार महिला र विपन्न वर्गको आर्थिक स्तर बढाउन अहिले विशेष कार्यक्रम पनि भैरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार