चुलाचुलिमा तिर्थराजको नेतृत्वमा १५ सदस्यीय कमिटी गठन

२०७९ भाद्र ९ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी चुलाचिली गांउपालिका कमिटिको दोश्रो भेला सम्पन्न भएको छ । चुलाचुली वार्ड नम्बर ५ मा भेलाले तिर्थराज खनाललाई गांउकमिटिको सेक्रेटरी निर्वाचित गर्दै १५ सदस्यीय कमिटी गठन गरेको छ । पार्टीको जिल्ला ईन्चार्ज सुमनसिंह समेतको उपस्थितिमा सम्पन्न उक्त भेलाले केही जनबर्गिय संगठन र बिभागहरुको जिम्मा समेत तोकेको छ । उपस्थित कार्यकर्ताहरुलाई प्रशिक्षित गर्दै सुमनसिंहले यो ब्यवस्था मरिसकेको तर यसलाई जबर्जस्ती जिंउदो छ भनेर संसदवादीहरुले सन्तुलन कायम गर्न खोजे पनि अब सन्तुलन कायम हुन नसक्ने ठोकुवा गरे । उनले आफ्नो पार्टिको नीति र अगाडि सारेको बिकल्प आम जनतामा सर्वस्विकार्य भएको हुनाले अब कसैले षड्यन्त्र गरेर या दमन गरेर एकिकृत जनक्रन्ति मार्पmत बैज्ञानिक समाजवाद स्थापना गर्ने विषयलाई रोक्न नसक्ने बताए । उनले कम्युनिस्ट पार्टीले ईमानदार सुडेनिको भुमिका खेल्नु पर्ने बताउंदै चुलाचुलिमा बिचार, दृस्टिकोण र सिद्धान्तका मामलाहरुलाई दरो गरि समाउदै यंहाँको कमिटी अगाडि बढ्ने बिश्वास राख्दै सुभकामना दिए ।
कार्यक्रमको अध्यक्षता तथा संचालन पार्टिका चुलाचुली ईन्चार्ज हुकुमले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार