नेकपा नवलपरासीको सेक्रेटरीमा प्रताप मिश्र

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी नवलपरासीको छैटौं जिल्ला सम्मेलनले प्रताप मिश्रको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी निमार्ण गरेको छ । सम्मेलनलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य सञ्जिव कुमारले विश्वमा एउटै अर्थात् परम्परागत ढङ्गबाट क्रान्ति सम्पन्न हुदैन भनेर एकीकृत जनक्रान्ति मार्फत मात्रै क्रान्ति संभव छ भनेर विचारको बिकास गरेकोे बताए । उनले नेकपामाथिको प्रतिबन्ध नेपालका शासकहरुको एकीकृत जनक्रान्ति र बिचारलाई सिध्याउने उद्देश्यले गरिएको षड्यन्त्र भएकोठोकुवा गर्दै सरकारले नेकपासँग गरेको ३ बुँदे सहमति अहिलेसम्म नसकेको भन्दै सहमति लागू गर्नुको सट्टा महासचिव विप्लवलगायतका नेता कार्यकर्तामाथि पक्राउ पुर्जी जारी गर्नु निन्दनीय भएको भन्दै तत्काल खारेज गर्नुपर्ने बताए ।
सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज जुझारुले नेकपा ३ बुँदे सहमतिमा प्रतिबद्ध भएर अगाडि बढेको तर सरकारले अहिलेसम्म तीन बुँदे सहमति बिपरित नेताकार्यकर्ता माथि प्रकाउ पुर्जी जारी गरि आफ्नो चरित्र उदाङ्गो बनाएको ठोकुवा गर्दै नेकपा गरीखाने वर्गको हातमा सत्ता लिनको लागि देशमा हुने विभिन्न खालका बेथिति विसंगति भ्रस्टाचारका बिरुद्ध निरन्तर लडेको बताए ।
सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा नवलपरासी नवलपुर जिल्ला इन्चार्ज ध्रुबले नेपालमा जनयुद्धको सुरुवात नभएको भए राजतन्त्रको अन्त्य नहुने बताउदै जनयुद्धको मूल लक्ष्य पुँजीवादी व्यवस्थाको अन्त्य गर्ने रहेको उल्लेख गर्दै जनयुद्धको नेतृत्व गरेका ब्यक्तिहरु विसर्जनवादको बाटोमा गएपछि राजनीति वैचारिक तहबाट विचलन र भ्रष्टिकरण भएपछि आत्मसमर्पण र गद्दारहरुको बीचबाट नयाँ नेतृत्व चुनेर महासचिव विप्लवको नेतृत्वमा पार्टी निर्माण गरेकोे बताए । उनले राष्ट्रियता जनजिविका भ्रस्टाचार र महंगिविरुद्वको कार्यक्रम अगाडि बढाउँदै गर्दा नेकपा जनताको आशा र भरोसाको केन्द्र भएको ठोकुवा गर्दै राज्यबाट पाउने मौलिक हकमा हुनेखाने र हुँदा खानेहरुवीच समान नभएको भन्दै हरेक क्षेत्रमा समान हक अधिकार दिलाउनको लागि दलाल संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने र सबै समस्याको समाधान वैज्ञानिक समाजवाद बाट मात्रै हल हुने बताए ।
सम्मेलनमा जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश सहसचिव बिहानी मगर, जिल्ला सल्लाहकार संयोजक ओमलगायत सहिद तथा बेपत्ता परिवारका जिल्ला संयोजक देविलाल खनाल लगायतले शुभकामना दिएका थिए । सम्मेलन रामप्रित हरिजनको स्वागत मन्तब्य , जिल्ला सेक्रेटरी धिरज रानाको अध्यक्षता र प्रताप मिश्रको सन्चालनमा भएको थियो ।