दसैँका लागि ३ हजार खसी बोका ल्याइने, विक्री घटस्थापनादेखि

२०७९ भाद्र १० गते, शुक्रबार

काठमाडौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसवर्षको दसैँका लागि ३ हजार खसी बोका तथा च्याङ्ग्रा ल्याउने भएको छ । कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसी बोका तथा च्याङ्ग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको छ। उनका अनुसार घटस्थापनाका केही दिनअघि काठमाडौँमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङ्ग्रा काठमाडौँमा आउनेछन् भने घटस्थापनादेखि कम्पनीले विक्रिवितरण सुरु गर्नेछ ।
गत वर्ष प्रतिकेजी ६ सय ४० रुपैयाँमा खसी बोका विक्री गरिएको भए पनि यसवर्ष भने भाउ बढाउने कम्पनीको तयारी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार