विशाल बजारलाई नक्सासहित उपस्थित हुन २४ घण्टे अल्टिमेटम

२०७९ भाद्र १३ गते, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले विशाल बजारलाई नक्सासहित उपस्थित हुन २४ घण्टे अल्टिमेटम दिएको छ । महानगरले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न भनेको छ ।
सोमबार महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गरेको थियो । अनुगमनपछि बेसमेन्टमा राखिएका पसलहरु अनधिकृत रहेको ठहर महानगरले गर्यो । साथै, महानगरपालिकाले भवनको नक्सा समेत नभएको भनेको छ । महानगरमा नक्सा नपाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिइएको हो । विशाल बजार कम्पनीले भने महानगरको टोलीलाई पसलहरु वैधानिक रहेको दावीसहित फर्काएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.६२ अंकले घट्यो

२०८२ बैशाख २२ गते, सोमबार

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार