चामुन्डा विन्द्रासैनी नगर वार्ड नं५ काे भेला सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ,दैलेख अन्तरगत चामुन्डा विन्द्रासैनी नगर पालिका वार्ड नं५ काे भेला सम्पन्न भएकाे छ । भेलाबाट प्रमाेद कार्कीकाे नेतृत्वमा ५ सदस्यीय वार्ड समिति निर्वाचित भएकाे छ।
उक्त भेलाका प्रमुख अतिथि नेकपा दैलेखका सदस्य प्रकाशले देशकाे स्वाधिनता र जनताकाे मुक्तिका लागि अाफुहरु जस्ताेसुकै मुल्य चुकाउन तयार भएकाे कुरा वताए ।शेर वहादुर देउवा नेतृत्वकाे सरकारले ईतिहासबाट पाठ सिक्नु पर्ने कुरा उल्लेख गर्दै क्रान्तिलाई दवाउने सपना नदेख्न चेतावनी दिए । उनले अाफ्नाे पार्टीले राष्ट्र र जनताकाे मुद्दा उठाएकाले जनतालाई लुटीखाने दलालहरु अातंकित भएकाे बताए ।
अखिल (क्रान्तिकारी )केन्द्रीय सदस्य उदयराम विश्वकर्मा अतिथि रहेकाे कार्यक्रमकाे अध्यक्षता प्रमाेद कार्कीले गरेका थिए ।