राष्ट्रिय मुस्लिम मुक्तिमोर्चा नेपालकाे अध्यक्षमा अजमाहामद मियाँ चयन

काठमाडौं । नेकपानिकट राष्ट्रिय मुस्लिम मुक्तिमोर्चा नेपालकाे दाेस्राे राष्ट्रिय भेलाले अजमाहामद मियाँकाे नेतृत्वमा १७ सदस्यीय केन्द्रीय समिति चयन गरेकोे छ । भेलालाई सम्बाेधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृतिले वर्गीय उत्पीडित जातिहरुलाई मुक्ति दिने व्यवस्था वैज्ञानिक समाजवाद भएकाले दलाल पुँजीवादी व्यवस्थाकाे अन्त्य गरि एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद ल्याउनुकाे विकल्प नभएको बताए ।
कृतिले भने, “नेपालमा वर्ग जातकाे विभाजन पुँजीवादी राज्यसत्ताले गर्याे तर जातजातिकाे राज्यले लिनुपर्ने दाहित्वबाट राज्य सधैं पछाडि हट्याे त्यसकारण सबै विभाजित उत्पीडितहरु आफ्नाे अधिकारकाे लागि एकजुट हुनुपर्छ ।”
उनले एमसीसीमार्फत अमेरिकी साम्राज्यवाद नेपालमा आइसकेको भन्दै धार्मिक स्वतन्त्रताका लागि साम्राज्यवाद र पुँजीवादको गाेटी बन्न नहुने भन्दै यसका विरुद्ध डटेर प्रतिवाद गर्नुपर्ने बताए ।
उनले साम्राज्यवादी अतिक्रमणलाई राेक्न खाेज्दा नेकपाका महासचिव विप्लव लगायत नेताकार्यकर्तालाई पक्राउ पुर्जी जारी दलाल सरकारले चरित्र उदाङ्गाे पारेकाे भन्दै पक्राउ पुर्जीबाट नझुक्दै बलिदान दिन तयार रहेको बताए ।
नेकपाका जिल्ला सेक्रेटरी विश्वासले मुस्लिम समुदायको उत्थानका लागि वर्गीय मुक्ति सहितकाे जातिय मुक्तिको लागि राष्ट्रिय भेला रहेको बताए । उनले पुँजीवादी राज्यसत्ता रहँदासम्म कुनै पनि जातीय मुक्ति सम्भव नभएकोले पुँजीवादी राज्यव्यवस्था अन्त्यका लागि सबै जातिहरु एउटै संगठनमा गाेलबन्ध हुनुपर्ने बताए । असंगठित शक्तिले कुनै पनि परिवर्तन र मुक्ति असम्भव भएकोले सबै देशभर छरिएर रहेका मुस्लिम समुदायहरु मुस्लिम मुक्तिमोर्चा संगठनमा गाेलबन्ध हुन जरुरी रहेको बताए ।
भेलामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका लुम्बिनी प्रदेश संयाेजक खगेन्द्र पाैडेल, जनपत्रकार संगठन नेपालका लुम्बिनी प्रदेश सहसचिव बिहानी मगरले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम मुस्लिम मुक्तिमोर्चा नेपालका केन्द्रीय अध्यक्ष अजमाहामद मियाँकाे अध्यक्षता र मुस्लिम मुक्तिमोर्चा नेपालका रुपन्देही जिल्ला अध्यक्ष राजु खानकाे सञ्चालनमा भएको थियाे ।