नेकपाका नेतालाई पक्राउ पुर्जी जारी गर्नु राज्यको कायरता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बूले नेकपाका नेतालाई पक्राउ पुर्जी जारी गर्नु राज्यको कायरता भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी झापाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले ठोकुवा गरेका हुन् । उनले शान्तिपूर्णरुपमा आफ्नो बिचार जनतासम्म पुर्याउँदा दलालहरु अत्तालिएर पक्राउ पुर्जी जारी गरेको भन्दै तीनबुदे सहमति अक्षरश : पालना गर्नुको सट्टा नेकपाविरुद्ध आए सशक्त प्रतिकार गर्ने बताए ।
यो व्यवस्थाले जनतालाई शान्ति, सुरक्षा र स्थायित्व दिन नसकेको र यसको विकल्पमा बैज्ञानिक समाजवादी व्यवस्था रहेको भन्दै नेता लिम्बूले लोकतन्त्रकाे नाममा दलालहरुलाई मन्त्री र सभासद बनाउने खेल बन्द गर्न आग्रहसमेत गरे ।
नेकपाले शान्तिपूर्ण रुपमा जनताको माझ आफ्ना कुरा राख्नुपर्ने माग राख्दा दलालहरुले अघोषित प्रतिबन्ध लगाएको भन्दै शेरबहादुर देउवा र प्रचण्डलाई इतिहासकाे अध्ययन गर्नसमेत उनले आग्रह गरेका छन् ।