गठबन्धन सरकार अमेरिकाको गुलाम !

२०७९ भाद्र १७ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सुमनसिंह पौडेलले दलाल संसदवादीहरुले नेपाललाई युक्रेन बनाउने गतिविधि गरिरहेको बताएका छन् । बिहिबार इलामको दोश्रो जिल्ला सम्मेलनको उद्घाटन सभामा बोल्दै नेता सिंहले देशमा अमेरिकी साम्राज्यवादीहरुकाे खुलेआम हस्तक्षेप भैरहेको बताएका हुन् । उनले यतिबेला देश जोगाउने र जनतालाई दलाल संसदवादी सत्ताको अत्याचारबाट मुक्त गर्नु पर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताएका छन् । सिंहले तत्कालीन ओली नेतृत्वको सरकारसँग भएको तीन बुंदे सहमतिको प्रसंग निकाल्दै शेरबहादुर नेतृत्वको गठबन्धन सरकार अमेरिकाको गुलाम बनेको र नेकपा माथि पुनः प्रतिबन्ध लगाएर देशलाई द्वन्द्वमा धकेल्न खोजेको बताए ।
उनले यो सत्ता तीन बुंदेमा इमानदार नभए त्यसले द्वन्द जन्माउने बताउँदै सत्ताधारीहरु जनताको रगतको प्यासी भएको आरोप लगाए । आफ्नो पार्टी देश र जनताको सुरक्षा र प्रगतिमा इमानदार भएर लडाई लड्ने उद्घोष गर्दै नेता सिंहले यो सम्मेलनले देश र जनताको अधिकार र मुक्तिको निम्ति बलिदान गर्ने प्रतिबद्धता गर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार