‘क्रान्तिको कार्यभार नेकपाले पुरा गर्छ’

२०७९ भाद्र १७ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हितमानले क्रान्तिको अधुरो कार्यभार नेकपाले पुरा गर्ने बताएका छन् । बुधबार नेकपा ललितपुर महालक्ष्मी नगरपालिकाको नवौं भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । उनले आफ्नो पार्टीले २००६ सालमा पुष्पलालको नेतृत्वमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले गरेको नयाँ जनवादी क्रान्तिको परिकल्पना र खाका पछ्याई रहेको बताउदै अर्काथरी अवसरवादी कम्यूनिष्ट पार्टी र तिनका नेताहरु सामन्तबादी राज्यसत्ताको दमनलाई थेग्न नसकेर सजिलो बाटो रोज्दै संसदवादी भएको ठोकुवा गरेका छन् ।

उनले भने -‘हामीले एउटा उचाईमा पुर्याएको जनयुद्धलाई प्रचण्ड बाबुरामले धोका दिँदा क्रान्तिलाई ठूलो नोक्सान भएको छ। जनताले हामिलाई विकल्पको रुपमा हेरेका छन् । जनताका सपना र देशको आवश्यकतालाई एकिकृत जनक्रान्तिले पूरा गर्छ, हामि पूरा गर्छौ ।’
उक्त भेलाले रतन महर्जनको नेतृत्वमा २० सदस्यीय नगर कमिटि गठन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको आसन्न असोज १ मा हुन गई रहेको राष्ट्रिय महाधिवेशनको पूर्व तयारीमा ललितपुरका विभिन्न ठाउँमा भेला तथा सम्मेलन र प्रचारका कामहरू भइरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार