‘तीन वुँदे सहमति कार्यान्वयन नगरे त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्छ ‘

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य विषमले सरकारले तीन वुँदे सहमति कार्यान्वय नगरे त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनु पर्ने चेतावनी दिदै सरकारले तीन बुंदे सहमति उल्लंघन गरेर देशलाई युद्धतर्फ खोजेको ठोकुवा गरेका छन। शुक्रबार राष्ट्रिय वामपन्थी मञ्चको प्रथम भेलाको उद्घाटन गर्दै नेता विषमले सो ठोकुवा गरेका हुन्। उनले साम्राज्यवादले नेपालमा मात्र होइन विश्वका कम्युनिष्टहरु सिध्याउन खोजिरहेको बताए । नेता विषमले आफ्नो पार्टीले राजनैतिक समाधान चाहिरहेको भन्दै भने – “हामी राजनीतिक सहमति कार्यान्वयन चाहन्छौ , सरकार भने कानुनी उपचार चाहन्छ । यस्तो वेला सरकारले कि त सहमति कार्यान्वय गर्छौ भन्नु पर्यो कि त गर्दैनौ भन्नु पर्यो । ”
नेता विषमले अहिले साम्राज्यवादी र साम्यवादी शक्तिहरुबीचको टक्कर उत्कर्षमा गइरहेको वताउदै कम्युनिष्टहरुले पनि साम्राज्यवादीहरुको हस्तक्षेप र दमनलाई परास्त पार्दै सर्वहारा श्रमजीवी वर्गको सत्ता ल्याउन चाहेकाले दुई विचार,दुई वर्ग र दुई दृष्टिकोण बीचको टक्कर हुने गरेको बताए । उनले भने – “अव साम्राज्यवादका विरुद्ध कम्युनिष्टहरु एक भएर कसरी कम्युनिष्ट सत्ता प्राप्त गर्ने ? चुरो कुरा यहि हो, जनताको पनि कम्युनिष्ट एक भईदिए हुन्थ्यो भन्ने चाहना राख्छन । त्यसकारण सवै क्रान्तिकारी कम्युनिष्ट,वामपन्थी शक्तिहरु एकतावद्ध हुन जरुरी छ ।”
उनले एमसीसी, एसपीपीविरुद्धको आन्दोलन र त्यसप्रतिको आत्मसमर्पण गरी कार्यान्वयन गर्न खोज्ने संसदवादी शक्तिसंगको टक्कर नेपालको मात्र नभएर साम्राज्यवादसंगको टक्कर भएको दावी गर्दै साम्राज्यवादका दलाल भएर संसदवादीहरु सत्तामा आएकाले नेपालका संसदवादीमात्र नभई साम्राज्यवादी एजेण्ड हुन पुगेको बताए ।उनले सरकारको खवरदारी गर्ने वा विरोध गर्ने शक्तिलाई वामपन्थी भन्ने गरिएपनि नेपालको सन्धर्भमा कम्युनिष्टहरुलाई वामपन्थीमा भन्ने गरिएको बताए ।
उक्त भेली सम्बोधन गर्दै जनअधिकार अभियान नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले भेला सफलताको शुभकामना दिर्दै नेपालमा संसदीय यथास्थितिवादी धारा र कम्युनिष्ट क्रान्तिकारी धारा बीचको लडाई भइरहेको प्रष्ट्याए ।
कार्यक्रममा राष्ट्रिय वामपन्थी मञ्चका संयोजक दीर्घप्रसाद पाण्डेले राष्ट्रिय वामपन्थी मञ्चवारे प्रकाश पार्दै नेपालमा जडसुत्रवाद र व्यवहारवादले कम्युनिष्टहरु लक्ष्यमा पुग्न नसकेको बताए । उनले नेपालमा राष्ट्रिय स्वाधीनताका पक्षमा आवाज उठाउने शक्ति, कम्युनिष्ट क्रान्तिकारी शक्ति,विभिन्न पार्टीसंग आस्था राख्ने र देशको वेथितिवारे विरोध गर्ने शक्तिहरु बीचको एकता जरुरी भएको वताए । उनले वामपन्थी मञ्च सवै वाम वुद्धिजीवीहरुको साझा मञ्चको रुपमा विकास गर्न खोजेको बताउदै कम्युनिष्टहरु राष्ट्रिय स्वाधीनता र वैज्ञानिक समाजवादको पक्षमा एकतावद्ध हुनुको विकल्प नभएको प्रष्ट्याए ।
कार्यक्रममा नेकपा माओवादी समाजवादीका केन्द्रीय उपाध्यक्ष रंगनाथ ढकालले सरकारले एमसीसी , एसपीपी र नागरिकता विद्येयक जस्ता राष्ट्रघाती कार्य गरेको बताए ।
यसैगरी, ऋषि कटेल नेतृत्वको नेकपाका सचिवालय सदस्य अर्जुन कार्कीले वामपन्थी,कम्युनिष्ट सवै शक्तिलाई राष्ट्रिय वामपन्थी मञ्चले समेटन सक्नु पर्ने सुझाव दिए ।
यसैगरी, भेलामा स्वागत मन्तव्य डाक्टर भगवान चन्द ज्ञवालीले दिर्दै वामपन्थीहरुको एकता अहिलेको आवश्यकता भएको बताएका थिए ।
उक्त भेलाको संचालन सुदर्शन मंगोलले गरेका थिए ।