उप – सभामुखको निर्वाचन हुदै

२०७० फाल्गुन १४ गते, बुधबार


काठमाडौं ,१४ फागुन। संविधानसभाको उप – सभामुख चयनका लागि आज दिउसो निर्वाचन हुने भएको छ । दलहरुबीच राजनीतिक सहमतिका आधारमा उपाध्यन चयन हुन नसकेपछि बहुमतीय प्रक्रिया शुरु भएको हो ।उपाध्यक्ष चयनका लागि व्यवस्थापिका संसदमा आज ११ बजेपछि निर्वाचन हुनेछ ।बहुमतीय प्रक्रिया अनुसार संसद सचिवालयले तोकेको निर्वाचन कार्यतालिका अनुसार मंगलबार घर्ती र नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापाले उम्मेद्वारी दिएका छन् ।एकीकृत नेकपा माओवादीका सभासद ओनसरी घर्तीले नेपाली कांग्रेस, एमाले र फोरम लोकतान्त्रिकको समर्थनमा पाएकाले उप – सभामुख बन्ने पक्का भएको छ । घर्तीको उम्मेद्वारी दर्ता गराउँदा एमाओवादी सभासद कृष्णबहादुर महरा प्रस्तावक थिए भने कांग्रेस सभासद आनन्द ढुंगाना, एमाले सभासद भीम आचार्य र फोरम लोकतान्त्रिकका सभासद गीता राणा समर्थक थिए ।तर, नेपाल मजदुर किसान पार्टीका सभासद अनुराधा थापाले उम्मेदवारी दर्ता गराएपछि घर्ती निर्विरोध निर्वाचित भने नहुने भएकी छन् । थापाले उम्मेद्वारी दिँदा प्रेम सुवाल प्रस्तावक र डिल्लीप्रसाद काफ्ले समर्थक थिए । प्रस्तावक र समर्थक दुबै नेमकिपाकै सभासद हुन् ।अघिल्लो संविधानसभामा एमाओवादीकै पूर्णाकुमारी सुवेदी उपाध्यक्ष थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु