बाइडेन देशकै शत्रु हुन् !

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेन देशकै शत्रु भएको बताएका छन । आफ्नो निवासमा संघीय अनुसन्धान व्युरोले छापा मारेपछि ट्रम्प बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका हुन् । व्युरोले अगस्ट ८ मा छापा मारेपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेका ट्रम्पले आफ्नो निवासमा गरिएको अनुसन्धानलाई ‘न्यायको धोखाधडी’ भन्दै यसले ‘कसैले कहिल्यै नदेखेको परिणाम’ ल्याउने चेतावनी दिए ।
ट्रम्पले भने, ‘अमेरिकी स्वतन्त्रतामाथिको वास्तविक खतराको योभन्दा ज्वलन्त उदाहरण केही हुन सक्दैन, जतिबेला केही साताअघि प्रशासनले शक्तिको चरम दुरुपयोग ग-यो ।’
ट्रम्पले विल्क्स–ब्यारे सहरमा भएको -यालीमा समर्थकहरूलाई भने, ‘कानूनको घोर दुरुपयोगले यसअघि कसैले कहिल्यै नदेखेको प्रतिक्रिया ल्याउन लागिरहेको छ ।’
ट्रम्पले यस हप्ता राष्ट्रपति बाइडेनको भनाईको पनि चर्को आलोचना गरेका थिए । एक कार्यक्रममा बाइडेनले ट्रम्पप्रति संकेत गर्दै भनेका थिए, ‘पूर्ववर्ती र रिपब्लिकन समर्थकहरूले हाम्रो गणतन्त्रको जगलाई खतरामा पार्ने अतिवादको प्रतिनिधित्व गर्छन् ।’
ट्रम्पले भने, ‘ अहिलेसम्मकै राष्ट्रपतिमध्ये बाइडेनले सबैभन्दा खराब, घृणित र विभाजनकारी भाषण दिए ।’ । बाइडेन देशकै शत्रु भएको उनले संगीन आरोप लगाए ।