भारतीय सेना प्रमुख काठमाडौं आउँदै

२०७९ भाद्र १९ गते, आईतवार


काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे पाँच दिने भ्रमणका लागि आज अपराह्न काठमाडौं आउन लागेका छन् । भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् । नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मा लगायतलाई भेटवार्ता गर्ने कार्यक्रम छ । उनको भ्रमणलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]