नेकपा उदयपुरको सचिबमा लक्ष्मण

२०७९ भाद्र २० गते, सोमबार

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी, उदयपुरको आज सम्पन्न तेस्रो जिल्ला सम्मेलनले लक्ष्मणको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । १९गते उदयपुर जिल्लाको सदरमुकाममा भव्य र्याली गर्दै खुल्ला सभा गरेर आज बन्दशत्र पछि उक्त कमिटिलाई निर्वाचित गर्दै सम्पन्न भएको हो । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा उदयपुर ,ओखलढुंगा ईन्चार्ज तथा कार्यक्रमको प्रमुख अतिथि विबेक कुमालले सचिब सहितको प्यानल प्रस्ताव पेश गरेपछी सर्वसहमतिमा हलले सचिब सहित कमिटिलाई निर्वाचित गरेको थियो ।
बन्दशत्रमा प्रमुख अतिथी पार्टीका केन्द्रिय सदस्य विबेकले प्रशिक्षण मन्तव्य राखेका थिए। उनले जिल्लाले उदयपुरको बर्ग संघर्सलाई नंया उचाईमा उठाउन यो नब निर्बाचित टिमलाई सफलताको शुभकामना दिदै सरकारले नेपाल कम्युनिस्ट पार्टी संग गरेको तिनबुंदे सहमति कार्यनयन नगरि घोसणा गरिएको निर्वाचनको कुनै औचित्य नरहेको बताए । उनले आफ्नो पार्टीका महासचिव लगाएतका नेताकार्यकर्ताहरुलाई जारि गरिएको पक्राउ पुर्जि खारेज नगरे बन्दि कमरेडहरुलाई रिहाई नगरे देशमा ठुलो दुरघट्ना निम्तिने चेतावनी दिएका थिए।
बन्दशत्रको अध्यक्ष मण्डलको अध्यक्षता अनिता गजमेरले गरेका थिईन भने संचालन अखिल नेपाल शिक्षक संगठनका उदयपुर जिल्लाको अध्यक्ष तथा केन्द्रिय सदस्य युबराज कार्कीले गरेका थिए ।
जेस्ठ सदस्य जित बहादुर पुलामि मगरको अधक्षतामा पहिलो बैठक बसि सचिबमा सर्वसहमत टुङ्गो लगाई बैठकमा लक्ष्मण पौडेयाललाई उदयपुर जिल्ला पार्टीको सचिबमा निर्वाचित गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]