रमेश परियार नेकपाको साधारण सदस्य पनि नभएको खुलाशा

२०७९ भाद्र २० गते, सोमबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी, कञ्चनपुरले रमेश परियार (जीवन) भनिने व्यक्ति नेकपाको साधारण सदस्य पनि नभएको स्पष्ट पारेको छ । नेकपा कञ्चनपुरका सचिव प्रकास मल्लले आईतवार हस्ताक्षर सहित एक प्रेश विज्ञप्ती जारी गरी नेकपाका बिरुद्धमा दुष्प्रचार नगर्न आग्रह गरेका छन । शनिबार विप्लवका वैकल्पिक केन्द्रीय सदस्य काँग्रेसमा प्रवेस गरेको भनेर समाचार प्रकाशित भएको प्रति नेकपा कञ्चनपुरले आप्नो गम्भिर ध्यानाकर्षण भएको जनाउदै परियार नेकपा विप्लवको व्यक्ति भन्ने विषय समेत सफेद भुट भएको विज्ञप्तिमा दावि गरिएको छ ।
पार्टीको शुद्धिकरणमा परेका परियार सहितले पाँच महिना अघि पार्टी परित्याग गरेको जनाउँदै नेकपाले अहिले परियार कसरी नेकपाको नेता भएको भनि प्रश्न गर्नु भएको छ । नेकपाले परियारसंगै कल्पना परियार, दिपेश नागरी, राधव परियार सबै परियारकै श्रीमती छोराहरु रहेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार