नेकपा दाङको सेक्रेटरीमा प्रदिप

२०७९ भाद्र २१ गते, मंगलवार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी दाङको सेक्रेटरीमा प्रदिप वली निर्वाचित भएका छन । पार्टीको नवौं जिल्ला सम्मेलनले प्रदिपलाइ सेक्रेटरीमा निर्वाचित गर्दै ५५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ। जसका सदस्यहरुमा रण बहादुर, विनकलाल, बिजय, प्रेम, विकाश, बिजय, जिबनी, सुदर्शन, अम्मर सिंह, रुद्र, भरत, खड्क बहादुर, सेबेन्द्र, धर्ती, शिव, रेखा, कमला, निर्मल, किसन, अशोका, पन्चाराम, मोति, बिष्णु, चुलुवा, छोटिलाल, दान बहादुर, महान, भिम, बल बहादुर, जनक, सुरज, यज्ञ, उज्ज्वल, शुर्य, रामप्रसाद, राजु, सुधिर, प्रतिरोध, तिलक, पुर्ण, अदिप, मालती, दिपेन्द्र, रेमन्त, पदम, मुक्ती, अरुणा, सपनशिला, मनिशा, रमिता, सुधार, रेशम र हरी निर्वाचित भएका हुन। यस्तै सम्मेलनले १८ सदस्यीय जिल्ला सल्लाहकार समिती निर्वाचित गरेको छ। जसका सदस्यहरुमा शुरेस, मेघराज, मधुसूदन, भिम, मंगल, धनराज, पुष्प, मान बहादुर, दिल बहादुर, दोबाराम, सौनी, उज्ज्वल, नवराज, वंशिधर, खिम बहादुर, कमला, खिमा र रमा रहेका छन।
यसैगरी, पार्टीको नवौं जिल्ला सम्मेलनले १३ सदस्यीय बिशेष कमिटीसमेत निर्वाचित गरेको छ।
नेकपा दाङको भदौ १९ र २० गते दुईदिनसम्म घोराहीमा चलेको सम्मेलनमा प्यानल प्रस्ताव नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलले गरेका थिए भने नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना पार्टीका बिशेष कमिटी सदस्य विक्रमले व्यक्त गरेका थिए । सम्मेलनको समापन समारोहमा नेकपा दाङका नवनिर्वाचित सेक्रेटरी प्रदिपले प्रतिबद्धता व्यक्त गरेका थिए ।
उक्त सम्मेलनमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर (विषम)ले नेपालमा असफल संसदीय व्यवस्थाका कारण देखिएका सबैखाले संकटको समाधानले क्रान्तीले गर्ने बताए । नेता विषमले देशमा देखिएका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक लगाएतका तमामखाले समस्याको समाधान एकीकृत जनक्रान्तीको कार्यदिशा मार्फत गरिने क्रान्तीबाट हुने वताउदै भने – ‘संकटको समाधान क्रान्तीले गर्छ।नेपालका सम्पुर्ण समस्याहरुको हल वैज्ञानिक समाजवादले गर्छ।’
एमसीसीले नेपाललाई युक्रेन,अफगानिस्तान र श्रीलंका बनाउने खतरा रहेको नेता विषमको भनाइ थियो। एमसीसी राष्ट्रको हितमा छैन,यो सार्वभौम सत्ता सम्पन्न देशको विरुद्ध र छिमेकी मुलुक चिनमाथी आक्रमण गर्ने रणनीतिक लक्ष्य सहित आएको हो। संसदवाट पास भएको भनिएको नागरिकता बिधेयक अमेरिका र भारतलाइ खुसी पार्न ल्याइएको हो। नागरिकता बिधेयक मार्फत भारत नेपाललाइ अल्पमतमा पार्न चाहान्छ भने अमेरिकाले तिब्बतियन शरणार्थीलाई नेपालमा बैधता दिने सोचमा छ। यो बिधेयकका विरुद्धमा संघर्ष गर्नुपर्दछ,नेता विषमले भने।
एक फरक प्रसंगमा बोल्दै नेता विषमले भने– ‘तिन बुदे सहमती विरुद्ध राज्यले पार्टीका महासचिव विप्लव सहितका नेताहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेर भिडन्त गर्न चाहेको पुष्ठि भएको छ। यो एक प्रकारको अघोषित प्रतिबन्ध हो। हामी यसबाट रत्तिभर बिचलित हुने कुरा हुदैन बरु राज्य जुन ढंगले आउँछ त्यसको उचित जवाफ दिन तयार छौँ।’
पार्टी एमसीसी विरुद्ध रहेकाले अमेरिकाले आफ्नो पार्टीलाई सिध्याउन अनेकौं हत्कण्डा प्रयोग गरेपनी असफल भएपछि अन्तिममा सुदर्शन-धर्मेन्द्रलाई पैसाले किनेर पार्टीलाई टुक्राटुक्रा पारेर सिध्याउने रणनीति प्रयोग गरेको नेता विषमको जिकिर थियो।
नेता विषमले भने -‘अमेरिकाले संसारभरिका कम्युनिस्टहरुलाइ सिध्याउन खोजेको छ भने हामी कम्युनिस्टहरुको उद्देश्य भनेको बिश्व मानवजातीलाई एक बनाउने र बिश्वलाई एउटै बनाउने हो ।’
उनले पार्टीको आसन्न नवौं महाधिवेशन ऐतिहासिक कोशेढुङ्गा साबित हुने प्रष्ट्याए ।
यसैगरी, उक्त सम्मेलनमा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शितलले राज्यले बन्दुकबाट क्रान्तिकारी बिचारलाइ सिध्याउन खोजे डटेर प्रतिरोध गर्ने बताए । नेता शितलले भने– ‘वारेन्ट जारी गरेर राज्यले भिडन्त चाहेको पुष्ठि भयो। बन्दुकबाट क्रान्तिकारी बिचारलाइ सिध्याउन खोजे डटेर प्रतिरोध गर्छौं। बुद्दिजिवी,बामपंथी,देशभक्त,प्रगतिशील र समग्र जनतालाइ साथमा लिएर प्रतिरोध गर्छौं तर झुक्ने र आत्मसमर्पण कदापी हुँदैन।’
नेता शितलले राज्यले आफ्नो पार्टीसंग गरेको तीन बुदे सहमतिको विरुद्ध पार्टीका महासचिव सहित २८ नेताहरुको विरुद्ध पक्राउ पुर्जी जारी गरेर सहमति भंग गरेको समेत बताए ।
राज्यले तीन बुदे सहमती विरुद्ध वारेन्ट जारी गरेर देशमा युद्ध चाहेको छ। हामीले युद्ध चाहेका छैनौं बरु देशमा शान्ती,समृद्धि,स्वाधीनता प्राप्तिका लागि आन्दोलन गरिरहेका छौं,नेता शितलले भने।
एक फरक प्रसंगमा बोल्दै शितलले नेपाली नागरिक भएर बाच्न चाहाने हो भने राष्ट्रघाती एमसिसी सम्झौता रोक्नुपर्ने समेत स्पष्ट पार्नुभएको थियो। उहाले आफ्नो पार्टी रहदासम्म नेपाललाइ अमेरिकी साम्राज्यवादको युद्धमैदान हुन् नदिने बताए । नेता शितलले धर्मेन्द्र-सुदर्शन समुहले राजनितीक, आर्थिक, सांगठनिक, सांस्कृतिक अराजकताबाट बच्न नया पार्टीको रंग दिएको भन्दै उक्त समुहको औचित्य नभएकोसमेत प्रस्ट्याए ।
नेकपा दाङको नवौं जिल्ला सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य एवम सल्यान-रुकुम पश्चिम जिल्ला इन्चार्ज सबिन,मधेसी मुक्ती मोर्चा नेपालका जिल्ला अध्यक्ष शुर्य यादव,नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्य द्वय सौनी चौधरी र नवराज पाण्डे,नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य बंशिधर आचार्य,जनसेवक दाङका प्रमुख प्रतिरोध,पुराना कम्युनिस्ट नेता धनराज वली,एकीकृत जनक्रान्तीका सहिद महानकि पत्नी एवम मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य मालती राणा,अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य रेखा रोका,जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश वली,अखिल नेपाल क्रान्तिकारी किसान महासंघका केन्द्रीय सदस्य पन्चाराम नेपाली,गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज रुद्र वली,मुस्लिम मुक्ती मोर्चाका केन्द्रीय सदस्य जलिल मिया,राष्ट्रिय बामपंथी मोर्चा नेपालका केन्द्रीय सदस्य मंगल थारु,राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सदस्य नर बहादुर रोका,श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य सुरज परियार,थारु मुक्ती मोर्चाका केन्द्रीय सदस्य चुलुवा चौधरी,अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य अनिल केसि,अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य निर्मला डिसि,बेपत्ता परिवार समाजका केन्द्रीय सदस्य धर्ती,मगर मुक्ती मोर्चा नेपालका केन्द्रिय सचिव भिम प्रकाश पुन,युवा संगठन नेपालका केन्द्रीय सचीव तिलक,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली वली,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन,नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सल्यान-रुकुम पश्चिम जिल्ला इन्चार्ज सबिन लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
पार्टीको नवौं जिल्ला सम्मेलनमा नेकपा निकट जवस/मोर्चाका केन्द्रीय सदस्यहरुको आतिथ्य रहेको थियो।

प्रतिक्रियाहरु

[anycomment]