प्रतिक्रियावाद र वामपंथी अवसरवादको विरुद्ध सङ्घर्ष गरौं

२०७९ भाद्र २१ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य तथा गोर्खा, कास्की जिल्ला ईञ्चार्ज उमा भुजेल ‘शिलु’ले प्रतिक्रियावाद र वामपंथी अवसरवादको विरुद्ध सङ्घर्ष गर्न आह्वान गरेकी छिन्। नेकपा कास्कीको ८औ जिल्ला अधिवेशनलाई सम्बोधनगर्दै उनले सो कुरा बताएकी हुन् । नेता शिलुले दलाल संसदीय व्यवस्था र नौरङ्गी अवसरवाद तथा फूटवादको विरुद्ध विगतमा जिल्लाले अनुकरणीय भूमिका निर्वाह गरेको र यो क्रान्तिकारी ‘स्प्रीड’ लाई भोलिको दिनमा पनि जारी राख्नुपर्ने’ वताइन् । उनले ‘कार्यदिशालाई वुझ्न नसकेको र रुपान्तरण हुन तयार नभएको फूटवादको विरुद्ध कास्की जिल्लाले नेतृत्व गरेकोमा’ बधाईसमेत दिईन ।
उक्त कार्यक्रममा गोर्खा जिल्ला सचिव कपिल भट्ट, लम्जुङ सचिव आक्रोश, सहिद विजयराज वास्टोलाकी जीवन सङ्गिनी देवी वास्तोला, वेपत्ता योद्धा सोम वहादुर विककी आमा–बुवा ओम कुमारी र मन बहादुर विक, श्रमिक समुदाय मोर्चाका केन्द्रीय सचिव उमेश सिके, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रकाश वास्तोला, जिल्ला सल्लाहाकार किसान सिंह गुरुङ र नवगठित राष्ट्रिय वामपंथी मोर्चाका पुष्प कार्की सम्मानित अतिथिकोरुपमा उपस्थिति थियो ।

          वन्द–शत्रले काजी गुरुङको नेतृत्वमा ४ सदस्यीय रिक्त रहेको पछि थप्ने गरी ३१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । हाँफे साँस्कृतिक परिवारले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि शिलुले गएको निर्वाचनमा पार्टीको कार्यनीतिको पक्षमा दृढतापुर्वक उभिएका पोखरा महानगर पालिकामा प्रमुख (मेयर)का प्रत्याशी किसान सिंह गुरुङ र उप–मेयर प्रत्याशी सोममाया विक, वडा अध्यक्षका प्रत्याशीहरु शिव भण्डारी, पुर्णा खड्का, निरुता विश्वकर्मालाई सम्मान गरिएको थियो । सो भव्य कार्यक्रमको सभा अध्यक्षता काजी गुरुङ र सञ्चालन ईन्द्र साउद र स्वागत मनतव्य पुरण पुन मगरले गरेका थिए । कार्यक्रममा पत्रकार श्रीप्रसाद घिमेरेको नेतृत्वमा विभिन्न संसदीय पार्टीहरु परित्याग गरेर नेकपामा प्रवेश गरेको प्राप्त समाचारमा जनाईएको छ ।

प्रतिक्रियाहरु

[anycomment]