‘दलाल व्यवस्थाको छिट्टै अन्त्य हुन्छ’

२०७९ भाद्र २२ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज केशबहादुर बाँठा मगर ‘सुवास’ले दलाल व्यबस्थाको छिट्टै अन्त्य हुने ठोकुवा गरेका छन। नेकपा गंगादेव गाउँकमिटीको दोस्रो भेलाको उद्घाटन गर्दै सो ठोकुवा गरेका हुन्। नेता सुवासले अन्तर्राष्ट्रिय परिस्थितिको मुल्यांकन गर्दै बिगतमा अमेरिकी साम्राज्यवाद मुख्य दुश्मन किटान भएपनि हाल भूमण्डलीकृत पुजिबाद रहेको बताए । उनले आजको बिश्वबजारमा दलाल पुजिबाद हावी भएको र दलाल पुजिबादका कारण देशको अर्थतन्त्र धारासायी भएकोले दलाल व्यबस्थाको छिट्टै अन्त्य हुने बताए ।
गंगादेव गाउँकमिटीको दोस्रो भेलाले जय प्रकाश घर्ति ‘पिस्तोल’लाई गाउँकमिटी सेक्रेटरी चयन गरेको छ । पिस्तोलको नेतृत्वमा २५ सदस्यीय गाउँकमिटी गठन भएको छ भने निवर्तमान सेक्रेटरी मुस्कानको नेतृत्वमा गाउँकमिटी स्तरीय बिशेष कमिटी पनि निर्माण भएको छ । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सुबास प्रमुख अतिथि रहेका थिए भने अतिथिहरु रोल्पा जिल्ला सदस्य तथा गाउँकमिटी इन्चार्ज किरण, बिशेष कमिटी सदस्य टिकाराम बिक ‘अपिल’, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य प्रेमबहादुर वली, अखिल नेपाल किसान संगठनका केन्द्रिय सदस्य मंगल रहेका थिए ।
युवा संगठनका केन्द्रिय सदस्य डिल्लीरमण ओलीले भेलाको उद्घाटन सत्रलाई संचालन गरेका थिए भने निवर्तमान सेक्रेटरी मुस्कान सभापति थिए । कार्यक्रममा जय प्रकाश घर्ती ‘पिस्तोल’ले स्वागत गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]