आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

काठमाडौँ । आज अन्तर्राष्ट्रिय साक्षरता दिवस बिभिन्न कार्यक्रम गरि मनाइँदैछ । मुलुकबाट दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने भनी राज्यले प्रतिबद्धता व्यक्त गरेको १४ वर्ष बितिसक्दा पनि तराईका १६ जिल्ला निरक्षरमुक्त हुन सकेका छैनन् । सरकारले २०६५ सालमा दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य अगाडि सारेको थियो । बिहीबार ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदासम्ममा मधेश प्रदेशका कुनै पनि जिल्ला साक्षर घोषणा भएका छैनन् । लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी जिल्ला साक्षर घोषणा हुन बाँकी छ ।
हालसम्म ६१ जिल्ला साक्षर घोषित भइसकेका छन् ।