नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्ने प्रस्ताव स्वीकृत

२०७९ भाद्र २३ गते, बिहीबार

काठमाडौं । मन्त्रिपरिषद् बैठकले धितोपत्र संचालन नियमावली २०६४ संशोधन गरेसँगै नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्ने बाटो खुलेको छ । केही दिन अघि धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्न मिल्ने गरी नियमावली संशोधनका लागि गरेको प्रस्ताव अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेकोमा पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । मन्त्रिपरिषदले स्वीकृत गरेको संशोधन प्रस्ताव आज बिहीबार धितोपत्र बोर्डमा पठाइने बुझिएको छ । त्यसपछि बोर्डले नयाँ स्टक एक्सचेन्ज स्थापनाका लागि प्रक्रिया अगाडि बढाउने छ । मंसिर ४ को चुनाब अघि नै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने गरी प्रक्रिया अघि बढ्ने बुझिएको छ ।
धितोपत्र बोर्डले तीन अर्ब रुपैयाँ चुक्ता पुँजी भएको नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्न पाउने गरी नियमावली संशोधन गराएको हो । नेपाल स्टक एक्सचेन्जको चुक्ता पुँजी अहिले पाँच करोड रुपैयाँ छ । यस्तै नयाँ स्टक एक्सचेन्जमा एकल समूहको अधिकतम् होल्डिङ्स् १५ प्रतिशतसम्म रहन पाउने ब्यवस्था पनि गरिएको छ ।

नयाँ स्टक एक्सचेन्जमा संस्थागत लगानीकर्ताले समेत लगानी गर्न पाउने छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.६२ अंकले घट्यो

२०८२ बैशाख २२ गते, सोमबार

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार