‘स्मृतीमा वीरजङ्ग’ प्रकाशन

२०७९ भाद्र २५ गते, शनिबार


काठमाडौं । नृेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय नेता तथा नेपालको कम्युनिष्ट आन्दोलनका योद्धा चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’को स्मृतीग्रन्थ प्रकाशनमा आएको छ । गत शुक्रबार एक कार्यक्रमका बीच उक्त स्मृतिग्रन्थ सार्वजनिकरण गरिएको हो ।
नेकपाका तत्कालिन केन्द्रीय सदस्य वीरजङ्ग २०७६ असोज ३० गते दाङको सीमा क्षेत्रमा आयोजना गरिएको पार्टी कार्यक्रम स्थलबाट सुराकीका कारण पक्राउम परेका थिए । तीन बुँदे सहमतिपछि नेता वीरजङ्ग २०७८ बैशाख १९ गते रिहाई भएका थिए । उनि रिहाई हुनु अगाडि जेलमा समेत बिरामी परेका थिए । उनलाई नेपालका चर्चित अस्पतालहरुमा उपचार गराएपनि विरामी ठिक हुन सकेन । पार्टीले उनलाई थप उपचारको लागि भारत नयाँ दिल्लीको म्याक्स अस्पतालमा पुर्याएको थियो । तर उनको मुटुको दोस्रो पटक गरिएको अप्रेसनपछि उपचारका क्रममा ६१ वर्षको उमेरमा २०७८ साल असोज २८ गते राती मृत्यु भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार