नेपाल कम्युनिस्ट पार्टी नुवाकोटको सेक्रेटरीमा बसन्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नुवाकोटको चौथो जिल्ला सम्मेलनले बसन्तको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भाद्र २५ गते बट्टार बजारमा भएको सम्मेलनले क.दिपक तामाङ (बसन्त) जिल्ला सेक्रेटरीमा सर्वसम्मत चयन गरेको हो । सम्मेलनले २१ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
बर्तमान सेक्रेटरी बसन्तको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य क.अनिल शर्मा (विरहि) रहेकोे थिए । त्यस्तै उक्त जिल्ला सम्मेलनमा पार्टीको केन्द्रिय सदस्य चिरन पुन(मिलन),केन्द्रिय सदस्य तथा नुवाकोट /रसुवा जिल्ला इन्चार्ज विन्दु,विशेष समिति सदस्य देवाकर ,नेवा मुक्ति मोर्चाका केन्द्रिय सदस्य हिरालाल,सहिद परिवार ,अखिल क्रान्तिकारी नुवाकोट जिल्ला संयोजक रोजिना लगायतको आतिथ्यता रहेको थियो । प्रमुख अतिथि अनिल शर्मा (विरहि) उनले कार्यकर्तालाई प्रशिक्षित गर्दै जनताको आशा र विश्वास सहितको हाम्रो पार्टी जनताको मुक्तिका निम्ति अन्तिम सम्म संघर्स गर्ने र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने अन्तिम लक्ष्यमा पुग्ने बताए । देशको वर्तमान परिवेशलाई मध्यनजर गर्दै हाम्रो पार्टीले सश्लेसित गरेको एकीकृत जनक्रान्ति मा जनताहरू गोलवन्द हुन सबैले आआफ्नो ठाउँबाट नयाँ जोस र जाँगरका साथ लाग्न कार्यकर्तालाई उनले निर्देशित गरेका थिए । उनले भने , “ दलाल पूँजीवादको अन्त्य नहुँदा सम्म जनताका मुद्दा कदापि पूरा हुने छैनन् त्यस कारण आजको दिनमा वैज्ञानिक समाजवाद अनिवार्य र अपरिहार्य भएको छ ।”
यसरी भव्यताका साथ सम्पन्न भएको ऐतिहासिक चौथो जिल्ला सम्मेलन कार्यक्रमको स्वागत मन्तव्य बादलले राखेको थिए भने कार्यक्रमको सन्चालन मेघेन्द्रले गरेका थिए।सोही कार्यक्रममा सहिद परिवारजनलाई कार्यक्रमका प्रमुख अतिथि .विरहिले दोसल्ला र सम्मान पत्र वितरण गरि सम्मान गरेको थियो भने क्रान्ति र पार्टीको पक्षमा निरन्तरता दिनु हुने क.शुभ लाल ,रोसित ,अभिनास र २०७८ साल मा उत्कृष्ट योगदान दिनुहुने क.मेघेन्द्रलाई सम्मान गरिएको थियो । – रोजिना नेपाली