माआवादी केन्द्रका नेता नेकपामा प्रवेश

काठमाडौँ । माओवादी केन्द्रका दुई जना जिल्ला स्तरिय नेता सो पार्टी परित्याग गर्दै नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन । बर्दियाको सदरमुकाम गुलरियामा आईतवार भएको एक कार्याक्रमका बीच नेकपा (माओवादी केन्द्र) परित्याग गरि नारद प्याकुरेल र दिपेन्द्र प्याकुरेल नेकपामा प्रवेश गरेका हुन् । उनिहरुलाई नेकपा वर्दियाका जिल्ला सेक्रेटरी गणेश चौधरीेले अविर आवरण गरी नेकपामा प्रवाश गराएका हुन्। । नवप्रवेशी नारद र दिपेन्द्रले नेकपा (माओवादी केन्द्र) अव माओवादी विचार र सिद्धान्तमा नभएको र सिद्धान्तहिन पार्टी भएको वताए ।
उनिहरुले माओवादी केन्द्र नातावाद कृतावाद संगै भ्रष्टाचार , दलाल कमिशन घुसखोरहरुको संरक्षण गर्ने पार्टीमा परिणत भएको दावी गर्दै क्रान्तिकारी विचार र नीति वोकेको पाटी नेकपा मात्र देखेकाले माओवादी केन्द्र परित्या गरेर नेकपामा प्रवेश गरेको वताए ।
स्वागतसंगै जिल्ला सेक्रेटरी चौधरीले बैज्ञानिक समाजवादी व्यवस्था ल्याउन युवाहरूको महत्वपूर्ण भुमिका रहने र भ्रममा परेर अरु पार्टीमा लागेका युवाहरु ढिलो चाँडो आफ्नो पार्टीमा फर्किने दावी गर्दै दलाल संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भएको र संसदीय व्यवस्था नेपालमा असफल भएकाले त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक भएको बताए ।
उनले राष्ट्रघाती एमसीसी र एस.पि.पि का विरुद्ध सम्पूर्ण राष्ट्रवादी,देशभक्त र क्रान्तिकारी शक्तिहरु लड्नुको विकल्प नभएको पनि वताए । सो क्रममा भेरी कर्णाली साधारण शाखा सेक्रेटरी धर्मराज सुनार (धिरेन्द्रले) पनि नवप्रबेशीहरूलाई स्वागत गरेका थिए भने उक्त कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) बर्दिया जिल्लाका अध्यक्ष हरि प्याकुरेलले गरेका थिए ।