नेकपा जुम्लाको सेक्रेटरीमा रोकाय

२०७९ भाद्र २९ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी जुम्लाको तेस्रो जिल्ला सम्मेलनले शक्त रोकायको नेतृत्वमा १५ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ ।
उक्त सम्मेलनको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य विराटले क्रान्तिकारी आन्दोलन सफलता पुर्याउन संगठन सुदृढ तथा क्रान्तिकारी हुनुपर्नेमा जोड दिए । उनले पार्टीको ९ औ महाधिवेशनको तयारी स्वरुप देशभरका जिल्लाहरुमा पार्टीका जिल्ला सम्मेलन सफल गर्दै नयाँ नेतृत्व निर्वाचित भइरहको वताए ।
नेता विराटले यसै शिलशिलामा जुम्ला जिल्लामा पनि नयाँ नेतृत्व निर्वाचित भएकोमा पार्टीको तर्फवाट वधाई सहित कार्यकाल सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा पूर्व जिल्ला सचिव प्रभाजितको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]