एमाले केन्द्रीय कमिटीको बैठक जारी
काठमाडौं,१७ फागुन । नेकपा एमाले केन्द्रीय समितिको बैठक आजपनि जारी हुने बताइएको छ । पार्टी कार्यालय मदननगर बल्खुमा बस्ने बैठकमा पछिल्लो राजनीतिक परिस्थिति तथा पार्टीको नवौं महाधिवेशनका बारेमा छलफल हुने एमालेले जनाएको छ ।शुक्रबारको बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नेताहरुको पछिल्लो कार्यशैलीप्रति कडा आपत्ति जनाएका थिए । पार्टी नेतृत्वले आफूलाई केही समययता पाखा लगाउन खोजेको भन्दै नेपालले केन्द्रीय समिति बैठकमा आक्रोश व्यक्त गरेका हुन् ।त्यस्तै बैठकमा केन्द्रीय सदस्य बेदुराम भुसालले महाधिवेशन अघि विधान अधिवेशन गर्न माग गरेका छन् । उनले विधान अधिवेशन गरेर मात्र महाधिवेशनमा जानु उपयुक्त हुने बताए । अर्का केन्द्रीय सदस्य घनश्याम भुसालले पार्टीको आधिकारिक दस्तावेजलाई कम्तिमा तीन महिनाको समय छुट्याएर गाउँ कमिटीसम्म अध्ययन र छलफलका लागि लगेर मात्र महाधिवेशन जानुपर्ने बताएका छन् ।आजको बैठक भने पार्टीको नवौं महाधिवेशनका बारेमा छलफल केन्दि्रत हुने नेताहरुले बताएका छन् ।