काठमाडौं महानगरद्वारा साइनबोर्डको शुल्क बुझाउन ताकेता

२०७९ आश्विन ७ गते, शुक्रबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ब्यापारिक प्रतिष्ठान, ब्यक्ति वा संस्थाले आफ्ना कार्यस्थल बाहिर राखेका साइनबोर्डको शुल्क एक महिनाभित्र बुझाउन आग्रह गरेको छ । ब्यापारिक प्रतिष्ठान, ब्यवसाय, व्यक्ति वा संघसंस्थाको परिचय खुल्ने साइनबोर्ड राख्नेहरुले तीस दिनभित्र महानगरलाई शुल्क तिनुपर्ने छ ।


महानगरले आज शुक्रबार सार्वजनिक सूचना निकाल्दै अबको ३० दिनभित्र वडा कार्यालयमा साइनबोर्ड बापतको शुल्क तिर्न भनेको हो । छ वर्गफूटको एउटा साइनबोर्डको पाँच सय, १५ वर्गफुटको भए १५ सय तथा १५ वर्गफुटदेखि ३० वर्गफुटसमम्मको साइनबोर्ड भए प्रति वर्गफुट एक हजारका दरले शुल्क बुझाउन भनिएको छ । ३० वर्गफुट भन्दा ठूलो साइनबोर्ड भने लगाउन नपाइने पनि महानगरले जनाएको छ । एक महिनाभित्र शुल्क नबुझाए वा तोकिएकोभन्दा ठूलो साइनबोर्ड राखेको पाइएमा त्यस्ता साइनबोर्ड महानगरपालिकाले तत्काल हटाउने चेतावनीसमेत दिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.६२ अंकले घट्यो

२०८२ बैशाख २२ गते, सोमबार

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार