नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

२०७९ आश्विन २२ गते, शनिबार

काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै आर्थिक वर्ष २०२२/०२३ मा ५ दशमलव १ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको हो । त्यस्तै, बैंकले आगामी वर्ष २०२३/०२४ मा भने नेपालले ४ दशमलव ९ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ ।
यो एशियाली विकास बैंक (एडीबी) ले केही साता अगाडि गरेको प्रक्षेपणको तुलनामा केही बढी हो । एडीबीले यो वर्ष ४ दशमलव ७ प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान गरेको थियो । सरकारले भने बजेटमार्फत चालू आर्थिक वर्ष ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । बैंकले कोरोनापछि पर्यटन क्षेत्रमा देखिएको सुधार र विद्युत् उत्पादनमा भइरहेको वृद्धिले समग्र उत्पादन क्षेत्रमा पर्ने सकारात्मक प्रभावका कारण अर्थतन्त्र विस्तारमा योगदान पुग्ने बताएको छ । त्यस्तै, बैंकले विदेशी मुद्राको सञ्चितीमा परेको दवाव पनि क्रमशः कम हुँदै जाने अनुमान गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार