कंगोमा पाँच नेपाली सेना घाइते, दुई गम्भीर

२०७० फाल्गुन २० गते, मंगलवार


काठमाडौं,२० फाल्गुन । कंगोमा शान्ति स्थापनार्थ खटिएका पाँच नेपाली सेना घाइते भएका छन् । सेनाको गाडीमाथि अज्ञात सशस्त्र समूहले आक्रमण गर्दा पाँच जना नेपाली सेना घाइते भएका हुन् ।सोमबार राति नेपाली सेनाको गाडीमाथि ग्रिनेट प्रहार भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको नाम उल्लेख गरिएको छैन ।कंगोको बेनी सहरमा तैनाथ नेपाली सेनाको मुख्यालयभन्दा छ सय मिटर दक्षिणमा सशस्त्र समूहले आक्रमण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु