सामना साँस्कृतिक परिवारको कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौँ । केन्द्रीय सामना परिवारको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । सामना परिवारले आज नवलपुरस्थित मध्यबिन्दु नगरपालिका ९ बसन्तपुरमा गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो। हाल सामना परिवारले मंहगी, भ्रष्टाचार, राष्ट्रघात र दलाल संसदीय निर्वाचन खारेज गर्ने अभियानसहित जनजागरण अभियान २०७९ सुरु गरेको छ । आम नेपाली नागरिकहरूको हरेक दुःख कस्टहरूमा अग्रभागमा लड्दै आएको सामना परिवारले सामाजिक साँस्कृतिक विचलन र प्रभावमा होस वा सिमा अतिक्रमण र राष्ट्रिय स्वाधिनताको संकटमा होस , महङ्गी भ्रष्ट्राचार कालोवजारी नै किन नहोस नेपाली जनतामाथीको अन्याए अत्याचार विभेद अनि दमनको विरूद्ध आ-आफ्ना कला र साधनाकासाथ जाईलाग्ने गरेको छ । यसरी राष्ट्र जनताको पक्षमा अहोरात्र क्रियाशील हुँदै आएको सामना परिवारको कार्यक्रममाथि प्रहरीले दमन गर्नु निन्दनीय र आपत्तिजनक छ।