प्याव्सन महाधिवेशन सुरु हुदै

२०७० फाल्गुन २२ गते, बिहीबार


काठमाडौँ । ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलमा हुने प्याव्सन महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । महाधिवेशनमा देशभरबाट एक हजार ७०० जना प्रतिनिधिले सहभागिता जनाउने प्याव्सनका महासचिव डिके ढुङ्गानाले जानकारी दिए । उनीहरु राजधानी आइसकेका छन् । चार दिनसम्म चल्ने महाधिवेशन कार्यक्रमअन्तर्गत आज मनोनयन दर्ता, २३ गते महाधिवेशनको उद्घाटन, २४ गते निर्वाचन, २५ गते पदभार हस्तान्तरणलगायतका कार्यक्रम रहेको छ । प्याब्सनको आगामी नेतृत्व तीन वर्षे कार्यकालको हुने भएको छ । यसअघि दुई वर्षको पदावधि हुने भएकामा यसै वर्षदेखि तीनवर्षे कार्यकाल हुने भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार