नेकपा बाजुराले महाधिवेशनका निर्णयबारे बहस सञ्चालन गर्ने

२०७९ कार्तिक २२ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बाजुराले हालै सम्पन्न पार्टीको नवौ महाधिवेशनद्वारा पारित सैद्धान्तिक र राजनीतिक तथा आर्थिक दृस्टिकोणहरुलाई वुद्दिजिवि , वामपन्थी र आम जनता विच व्यापक छलफल , अन्तर्कृया र बहस गर्ने निर्णय गरेको छ।बाजुरा जिल्लाको बडिमालिकाको ढक्कनेस्थित टोलमा सम्पन्न पार्टीको जिल्ला कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।
सोमबार सम्पन्न नेकपा बाजुरा जिल्ला समिति बैठकले कमिशन खाएर विकास योजना वेच्नेहरु विरुद्ध जनकारबाही गर्ने, पार्टी सदस्यता विस्तार गर्ने, भ्रस्ट तथा यमसिसि पक्षधर उम्मेदवारलाई मतदान नगर्न र चुनावको खारेज गर्ने पार्टी नितिलाई साथ दिन जनतामा अपिल गर्ने साथै प्रचारात्मक कामलाई तिव्रता दिने निर्णय समेत गरेको कुरा केन्द्रिय सदस्य एण्डिजले जानकारी दिएका छन जिल्ला कमिटी बैठकमा पार्टी केन्द्रको सर्कुलर वाचन पछि योजनाको भाव सहित प्रशिक्षण मन्तव्य प्रमुख अतिथि एण्डिजले राखेका थिए भने बिठकको अध्यक्षता भरत सी र आतिथ्यता जिल्ला सल्लाहकार आकासले गरेको जानकारी दिइएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु