शंकरदेवमा प्रहरी र बिद्यार्थीबीच झडप
काठमाडौ,२३ फागुन – शंकरदेव क्याम्पसका स्ववियू सभापति शुभराम बस्नेतको रिहाईको माग गर्दै बिद्यार्थीले शंकरदेव क्याम्पसमा धर्ना र नारा जुलुश गरेका छन् ।नेविसंघका कार्यकर्ताले बिहानैदेखि शंकरदेव र त्रिचन्द्र क्याम्पसमा धर्ना दिएका हुन् । धर्नामा प्रहरीले धरपकड गरेपछि बिद्यार्थी र प्रहरीबीच झडप भएको छ । प्रहरीले केही दिन अघि स्वयम्भूबाट बस्नेत सहित पाँच जनालाई हतियार सहित पक्राउ गरेको थियो ।काठमाण्डु प्रहरीले ७ दिनको म्याद थपेको भन्दै उनका समर्थकले सडक जाम समेत गरेका थिए ।बस्नेतले हतियार लाइसेन्सवाला भएको दावी गर्दै आएका छन् ।