स्वास्थ्यकर्मी सम्मेलन हुदै

२०७० फाल्गुन २३ गते, शुक्रबार


काठमाडौँ । ग्रामीण स्वास्थ्य निकायमा कार्यरत स्वास्थ्यकर्मीले भोग्नु परेका समस्या र समाधानका उपायबारे छलफल गर्ने ध्येयले छैटौँ स्वास्थ्यकर्मी सम्मेलन यही फागुन २६ गतेदेखि काठमाडौँमा आयोजना गरिने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र निक साइमन्स इन्स्टिच्युटद्वारा संयुक्त रुपमा आयोजना गरिने तीनदिने उक्त सम्मेलनमा ५५ जिल्लाका १२० जना स्वास्थ्यकर्मी तथा मन्त्रालयका नीति निर्माण तहका उच्च अधिकृतको सहभागिता रहनेछ । इन्स्टिच्युटका सञ्चारविज्ञ नवराज श्रेष्ठले दिनुभएको जानकारीअनुसार सम्मेलनमा स्वास्थ्योपचार शिक्षा, मन्त्रालयका स्वास्थ्यका कार्यक्रम तथा स्वास्थ्यकर्मीका क्षमता अभिवृद्धिसम्बन्धी विषयमा छलफलसमेत हुनेछ ।सम्मेलनका क्रममा मन्त्रालयका नीति निर्माण तहसँग सहभागीले आफूले भोग्नुपरेका विविध समस्याबारे अन्तक्रिर्यासमेत गर्नेछन् । सम्मेलनका अवसरमा इन्स्टिच्युटद्वारा स्थापित उत्कृष्ट स्वास्थ्यकर्मी पुरस्कारसमेत वितरण हुनेछ । इन्स्टिच्युटले हरेक वर्ष यस्ता सम्मेलन आयोजना गर्दै आएको छ ।
इन्स्टिच्युटले नेपालको स्वास्थ्य सुधारका लागि ग्रामीण क्षेत्रका कार्यरत स्वास्थ्यकर्मीका क्षमता अभिवृद्धिका लागि तालिम, भवन निर्माण, स्वास्थ्यकर्मीको व्यवस्था, छात्रवृत्ति, उपकरण जस्ता क्षेत्रमा सहयोग प्रदान गर्दैआएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार