भद्रगोल राजनीतिक अवस्थाको जिम्मेवार को ? – छत्र मैनाली

२०७० फाल्गुन २४ गते, शनिबार


मुलुकमा पटक-पटक हुने सरकार परिवर्तनले उब्जाएको आशा र आशा गर्दागर्दै समयले नेटो काटेकोप्रति हामी कहिल्यै चिन्तित हुन सकेनौँ । समय बागमती बगेसरि सललल बगेर गयो हाम्रो अवस्था भने हिजो जहाँ थियो, आज त्योभन्दा मुन्तिर गइसक्यो । तैपनि हामी गम्भीर बन्न सकेनौँ, हामीले बुझ पचाएर समय गएको हेक्का राखेनौँ । मुलुकमा विकासको मूल फुट्न र्सवप्रथम राजनीतिक स्थायित्व हुनुपर्दथ्यो, त्यो कहिल्यै हुन सकेन, बिशेषगरी २०४६ सालपश्चात । यहाँ केवल सरकार बनाउने, बनेको केही समयमै कसरी हुन्छ सरकार ढालेर नयाँ सरकार निर्माण गर्नेभन्दा उल्लेखनीय काम हुन सकेन । हामी पनि त्यही रमिता हेरेर रमिते बन्नेबाहेक समयको ख्याल पनि गर्नुपथ्र्यो भन्नेसम्म पछुतो मान्दैनौँ । आफू अनुकूलको नयाँ सरकार बनेपछि के-के न हुन्छ जसरी भावनामा बगेर तिनको र्समर्थन गर्दाको परिणाम तमाम युवा जनशक्ति बेरोजगार बनेर दैनिक बिदेशिन बाध्य हुनु परेको तथ्यलाई बुझन सकेनौँ । केही न केही सुधार होला नि भनेर आशा गर्यो, आखिरमा त्यो आशा निराशामा बदलिएर अनिश्चितताको भुमरीमा पर्दा समेत हाम्रो विवेक शून्य भयो । पछिल्लो पुस्ता २०४६ सालको परिवर्तनपश्चात बढी मात्रामा मुलुकको राजनीतिक अवस्थाबारे जानकार छन् । २०४६ देखि ७० सम्मको समयलाई निष्पक्ष ढंगले मूल्यांकन गर्ने हो भने बितेको करिब २५ वर्षो समयभित्र मुलुकमा के त्यस्तो परिवर्तन भयो – जसको सहजै रूपमा आमनागरिकले मनन र समीक्षा गर्न सकून् । हिजो पञ्चायतलाई दोष देखाएर व्यवस्था परिवर्तन गरे । आखिरमा व्यवस्था परिवर्तनको औचित्य पुष्टि गर्न सकेका छैनन् । २०४६ सालमा स्थापित बहुदलीय व्यवस्थालाई दोषी देखाएर जनयुद्ध सुरु भयो हजारौँ हजारले बलिदानी दिए, घाउ अझै आलै छ, व्यवस्था परिवर्तन भयो तर यसको औचित्य पुष्टि गर्न सकेका छैनन् । २०४६ सालको राजनीतिक परिवर्तनपश्चात कृष्णप्रसाद भट्टर्राई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, र्सर्ूयबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, झलनाथ खनाल, सुशील कोइराला, कीर्तिनिधि बिष्ट, डाक्टर तुलसी गिरी, पुष्पकमल दाहाल, डाक्टर बाबुराम भट्टर्राई, खिलराज रेग्मीसम्मले मुलुकको कार्यकारी तहमा रही सकेका छन् । माथि उल्लेख गरिएकामध्ये कृष्णप्रसाद, गिरिजाप्रसाद र मनमोहन अधिकारीबाहेक अन्य पात्र जीवितै हुनुहुन्छ । जसमा र्सर्ूयबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कीर्तिनिधि बिष्ट, डाक्टर तुलसी गिरीले निर्दलीय पञ्चायती व्यबस्थाको समेत कार्यकारी तहमा रहेर काम गर्ने अवसर पाएका पात्र हुन् । माथि छुटेको नाममध्ये स्वर्गीय मरिचमानसिंह श्रेष्ठ पञ्चायतमा प्रधानमन्त्री बने पनि बहुदलीय व्यवस्था लागू भएपश्चात २०५६ सालको संसदीय निर्वाचनमा उम्मेदवारी दिएर छोटो समय चर्चामा आए । मानवअधिकारकर्मी पद्मरत्न तुलाधरलाई पछि पार्दै चौथो स्थान ध्याउन सफल श्रेष्ठ त्यसपश्चात सक्रिय राजनीतिमा उपस्थिति खासै रहेन । तर्सथ वर्तमान भद्रगोल राजनीतिक अवस्थाको जिम्मेवार स्वर्गीय श्रेष्ठलाई सम्मिलित गर्न सकिँदैन । अब बाँकी पात्रहरूले भने मुलुक यो अवस्थामा पुग्न उल्लेखित पात्र जिम्मेवार थिए थिएनन् जवाफ दिनु पर्दछ । दिवंगत भइसकेका पात्रहरूको हकमा इतिहासको दस्तावेज बोल्ने हुँदा बाँकीले प्रत्यक्ष जवाफ दिएर भावी पिँढीलाई सुसूचित बनाउनै पर्दछ । विगतदेखि वर्तमानसम्मका प्रधानमन्त्रीहरूमध्ये कृष्णप्रसाद भट्टर्राई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, डाक्टर बाबुराम भट्टर्राई, पुष्पकमल दाहाल हुँदै र्सर्ूयबहादुर थापासम्मको चर्चा अरुको दाँजोमा बढी चल्ने गर्दछ । स्वर्गीय कृष्णप्रसाद भट्टर्राईलाई एक सन्त मृदुभाषी, लोभलालचमा नफस्ने, उदार हृदय भएका धार्मिक, राजनीतिक ज्ञानमा खारिएका आदर्शवादी नेताको रूपमा स्मरण गरिन्छ । जीवनमा कहिल्यै धन आर्जनमा लोभलालच नराख्ने सरल सादा जीवनमै रमाउने असाधारण व्यक्तित्वकै कारण अजर-अमर हुनुहुन्छ । यसैगरी नयाँ पुस्ताले बिशेष सुधारको अपेक्षा राखेका पूवप्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राई पर्नु हुन्छ । र्सवहाराबर्गको उत्थानको निम्ति लडेर सफलता प्राप्त गरेका, सरल जीवन, स्पष्ट बक्ता, बौद्धिक क्षमतामा दख्खल आदि विषयलाई आधार मानेर उहाँप्रति गरिएको आशा माथि बाक्लो तुषारापात लागेर जुन जोगी आए पनि कानै चिरेका स्मरण भएको छ । बाँकी पात्रहरूले आ-आफ्नो कार्यकालमा राम्रा-नराम्रा इतिहास रचेर सिंहदरबारको भित्तामा फोटो झुण्ड्याउन सफल भएका छन् । यसैलाई लोकतन्त्रको उपलब्धि मानेर चित्त बुझाउनु परेको छ । मुलुकमा भ्रष्टाचार, हत्या, हिंसा, अपहरण, महँगी, बेरोजगार, दण्डहीनता अझै व्याप्त छ । नियमनकारी निकायको कार्यशैली सन्तोषजनक रूपमा लिन सकिन्न । जब संकट, विवाद र समस्या उत्पन्न हुन्छ तब मात्र सक्रियता देखाउन थाल्दछन् । संकट र समस्या आउनुपर्ूव विषयको गाम्भीयतालाई हलुका ढंगमा लिँदाको असर समाजमा देखिन थालेको छ । अहिले ठूला-ठूला छापा, विद्युतीय संचार माध्यमदेखि सामाजिक सञ्जालमा समेत समाजसेवामा आफ्नो नाम स्थापित गर्न सफल दिलशोभा श्रेष्ठको चर्चा छ । राजधानीबाट प्रकाशन हुने नागरिक दैनिकले अडियो टेप र्सार्वजनिक गर्दै दिलशोभामाथि यौन दुराचारसम्बन्धी समाचार प्रकाशित गर्यो । उक्त समाचारलाई लिएर ठूला संचार गृहमा आबद्धदेखि प्रायः ठूला-साना संचार क्षेत्रभित्रका बीच पक्ष-विपक्षमा बहस भइरहेको छ । दिलशोभाद्वारा संचालित आमाघरमा आश्रति बालबालिकालाई उद्धार गरेर अन्यत्र सारिएको छ । तर, एउटा स्वतन्त्र नागरिकको हैसियतले भन्नु पर्दा अन्याय, अत्याचार कोही कसै माथि हुनुहुन्न । कसैलाई पनि कानुनबिपरीत गैरकानुनी कार्य गर्न छूट छैन । बिनाप्रमाण आरोप लाउने, बेइज्जत गर्नु भनेको नियम कानुनको बर्खिलाप गर्नु हो । यदि कोही कसैलाई बिनाप्रमाण आरोप लगाएर व्यक्तिगत जीवनमाथि लान्छना लगाउँछ भने राज्यको कानुनी निकायमार्फ् न्यायको खोजीमा जान सक्ने बाटा प्रशस्त छन् । उत्पन्न विषयको पक्ष-बिपक्षमा बोल्दैमा, लेख्दैमा पीडितले न्याय पाउने ग्यारेण्टी कसले लिन सक्छ – हो जसलाई वास्तविक दुःख, संकट परेको अवस्थामा मद्दत गर्ने, उसको पक्षमा बोल्नु, उसको पक्षमा काम गरिदिनु मानव धर्म हो । जस जसले पक्ष-बिपक्षमा वकालत गरिरहेका छन्, तिनले आमा घरको दैनिक गतिविधि र्छलङ्ग देखेको जसरी बर्ण्राागरेका छन् । यहाँ के बुझन जरुरी छ भने न्याय दिलाउने निकाय संचार जगत् नभएर न्यायिक निकाय मात्र हो भन्ने बुझन जरुरी छ । दिलशोभा श्रेष्ठको सामाजिक कार्यको जसले पनि प्रशंसा गर्दै आएका छन् । यसमा दुइमत छैन । उनको होस्टेमा हैँसे गर्ने हातहरू राष्ट्रिय अन्तर्रराट्रयस्तरमा धेरै प्रकट भए । दीन-दुःखी, असहाय, वृद्धवृद्धाहरूलाई बस्ने आधार दिएर उनले पुण्य आर्जन गरेकोप्रति किन यस प्रकारको असोचनीय विषय बाहिर आयो – किन आफ्नै सहयोगीहरू आफ्नैबिरुद्ध खडा भए – यो घटना र्सार्वजनिक हुनु पूव सम्बन्धित निकाय किन मौन थियो – किन समय-समयमा अनुगमन गरेर नियमन गर्न सकेन – जब विषय र्सार्वजनिक हुन्छ तब तत्परता देखाएर हुन्छ – जबसम्म सम्बन्धित निकायबाट उनी माथि लागेको आरोप प्रमाणित अथवा अप्रमाणित दुवैमध्ये नभएसम्म धर्ैयता गर्नुको विकल्प छैन । धेरै जान्ने अथवा अन्जान बनेर गरेको बहसले उत्पन्न विषयलाई जातीयतासँग जोडेर साम्प्रदायिक बाटोतर्फमाोड्न खोज्दैछन् । सामाजिक संजालमा गरिएका टिकाटिप्पणी हेर्ने हो भने सजिलै यसको आभास पाइन्छ । भलै यो विषयले त्यस प्रकारको उग्रता नलेला तर उग्रता लिएर साम्प्रदायिक दंगा भड्क्यो भने त्यसको जिम्मेवार कसले लिन्छ – कुनै माइकालाल छ भोलि कथम्कदाचित सामाजिक सद्भाव भड्क्यो भने त्यसको जिम्मेवार म हुन्छु भनेर भन्न सक्ने – जसले यो बिषयलाई उजागर गर्यो सम्पूण्ा जिम्मेवार उबाहेक अरु हुन्न । यो बिषयको प्रमाणीकरण गर्न सके आरोप होइन, सत्यमा बदलिन्छ होइन प्रमाणित हुन सकेन भने प्रचलित नियम कानुनबमोजिम सजायको भागीदार बन्ला । गल्ती सबैबाट हुन सक्छ । कतिले जानेर कतिले नजानेर गल्ती गर्न पुग्छन्, त्यो गल्ती हो या होइन भन्ने छुट्याउनको निम्ति सम्बन्धित निकाय विराजमान छ । उसले सम्पर्ूण्ा कानुनी प्रक्रिया पूरा गरेपछि सत्यतथ्य बाहिर आइहाल्छ । तर यहाँ तिललाई पहाड बनाउन खोजेर आफू-आफू न्यायाधीश बनेर अनुसन्धानलाई प्रभावित पार्न खोजेको हो कि भन्ने लाग्दैछ ।
प्रसँग बदलौँ टनकपुरबारे प्रधानमन्त्री सुशील कोइरालाले टनकपुर भारतको हो भनेर भन्नु भएछ । यो विषयले पनि चर्चा पाउनुसम्म पायो । अहिले सबैभन्दा सजिलो माध्यम सामाजिक संजाल बन्न पुगेको छ, गाली गर्न परे पनि ताली ठोक्नु परे पनि । धेरैले गालीका शब्द वषाएपश्चात टनकपुरमा नेपालको ७ मिटर जमिन मिचिएको भन्न विवश भएछन्, हाम्रा प्रधानमन्त्री। कस्तो बिडम्बना हामी नेपालीको । जसले जे भने पनि सुन्नुपर्ने, धन्न सडकमा यतिबेलासम्म टायर बलेको छैन । हिजो गिरिजाप्रसादले टनकपुर सन्धि गर्दा मुलुकभर पुत्ला दहन र बिरोध भएको थियो । गिरिजाले टनकपुर बेच्यो भन्नेहरू तिनकै पार्टीीभत्र छन् । भारतीय अभिनेता हृतिक रोशनले नेपालबारे बोलेको शब्दले कति महँगो मूल्य चुकाउनु परेको थियो । ती सब इतिहास बने । तर, मुलुकको कार्यकारी तहमा विराजमान भएका सम्माननीयबाट यस प्रकारको अज्ञानता भनौँ या जानी-जानी गरेको गल्ती गरेर नेपाली जनको नाडी छाम्ने काम भएको छ । जब-जब सत्तामा विराजमान हुन पुग्छन्, हाम्रा नेताहरू बिदेशी प्रभुको अगाडि कत्ति छिट्टो स्खलित हुँदारेछन् भन्ने राजनीतिक परम्परालाई नियमित गराइछाडे । धन्य छ त्यो चट्टानी अडान अनि अरु के-के हो, फलामे अडान । जहाँसम्म संबिधान निर्माणको कुरो छ हामीलाई कसैको नक्कल गरेर उदार अथवा अनुदार बन्नु छैन भन्ने हेक्का होस् । हाम्रो हाम्रै पहिचान छ हामीलाई आफ्नो देशको माटो सुहाउँदो शासन ब्यबस्था कायम भए मात्र पुग्दछ संविधानको पानामा जस्तोसुकै व्यवस्था गरे पनि अक्षरशः पालना हुन्न भने के अर्थ रहृयो र – नेतृत्व तहमा दृढ इच्छाशक्ति नभएसम्म संसारको कुन मुलुक विकसित भएको छ – राजनीतिक अस्थिरता भएका मुलुकहरूको भयावह दृश्य अझै पनि देखिन्छ, जातीय, धार्मिक, राजनीतिक आदि बिषयलाई सही ढंगले सम्बोधन गर्न नसक्दा अथवा अरुको चंगुलमा परेर पिछलग्गु बन्दाको परिणाम नरसंहारदेखि मुलुक विखण्डित भएर अस्तित्व सकिएका इतिहास साक्षी छ । राष्ट्रियता र राष्ट्रहितको सवालमा बिगतमा उत्तर अमेरिकाको केही क्षेत्रमा आएको आँधीले ठूलो मात्रामा जनधनको क्षति पुर्यायो । राष्ट्रपतिले चुनावी अभियानलाई स्थगित गरेर आँधी प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्के । भ्रमणको दौरान पीडितहरूमाझ आँधीले सताएको बेला न डेमोक्र्याट भइन्छ न त रिपब्लिकन नै भइन्छ मात्र अमेरिकन भइन्छ भनेको सायद धेरैले सुनेको हुनुपर्दछ । हो हामीलाई पनि सिर्फनेपाली बन्नु छ, चेतना भया ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु