मार्क्सवाद,लेनिनवाद र माओवादबारे – हस्तबहादुर केसी

२०७० फाल्गुन २४ गते, शनिबार


मार्क्सवाद – लेनिनवाद – माओवाद र्सवहारावर्गको मुक्तिको सिद्धान्त हो । र्सवहारावर्गको मुक्तिको सिद्धान्त हो । र्सवहारावर्गलाई मार्गदर्शन र पथप्रदर्शनिक र क्रान्तिकारी तथा सिद्धान्त छैन । आज संसारमा धेरै प्रकारका दर्शनहरू देखिए पनि मुख्यतः दुइ प्रकारका दर्शनहरू छन् । जो चेतनालार्य आदि तत्व मान्ने, जगतलाई त्यसको स्वतः स्फूर्थतामा मान्ने र संसार अवोधगम्य छ अर्थात् जान्नै नसकिने खालको छ भन्ने आध्यात्मवादी -आदर्शवादी) दर्शन र अर्को पदार्थलाई आदितत्वा मान्ने अर्थात् संसार बोधगम्य छ र संसारका सबै कुराहरू जान्न सकिन्छ बुझ्न सकिन्छ भन्ने दर्शन भौतिकवादी दर्शन हो । मार्क्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । मार्क्सवाद, जसले अहिले मार्क्सवादको गुणात्मक विकासको दोश्रो चरण लेनिनवाद र मार्क्सवाद – लेनिनवादको गुणात्मक विकासको तेश्रो र नयाँ चरण माओवादको जुन गुणात्मक र नयाँ चरणमा विकास भएको छ । यसरी आज माओमावाद द्वन्द्वात्मक तथ ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणा आधारित छ । द्वन्द्ववादको सारतत्व भनेको आलोचनात्मक र क्रान्तिकारी रहेको छ । मार्क्सवादी दर्शनका दुइ भाग छन् द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद ।
मार्क्सवादको दार्शनिक आधार द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद भएकाले यसले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोश्रो स्थानमा राख्ने गर्दछ । मार्क्सवादी दर्शन भौतिकवादी भएकोले यसमा भौतिकवाद र द्वन्द्ववाद अभिन्न रूपले सम्बन्धित छन् । निश्चित सामाजिका र आर्थिक अवस्थाले नै यसलाई जन्माएको हो र यसको सुनिश्चित वैज्ञानिक तथा दार्शनिक पूवाधार पनि यही हो । वैज्ञानिक तथा दार्शनिक चिन्तनको सम्पूण्ा गतिविधिले मार्क्सवादी दर्शनको प्रादूभाव गरेको हो । जीवन र जगतको विकासको सामान्य चित्रको अध्ययन गर्नु भौतिकवादी द्वन्द्ववादको एउटा महत्वपूण्ा लक्ष्य हो । यस विषयमा फेडरिक एंगेल्सले अगाडि लेख्दछन् – “द्वन्द्ववाद भनेको प्रकृति, मानव समाज र चिन्तनको गति सम्बन्धि र्सार्वभौम नियमहरूको अध्ययन गर्ने नियम हो । यो पूँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । अतः मार्क्सवाद एक व्यवहारिक विज्ञान समेत भएकाले मार्क्सवाद हाम्रो युगका सबभन्दा विज्ञानसँग सम्बन्धित दर्शन हो ।
मार्क्सवाद र्सवहारा क्रान्तिको विज्ञान हो । यो पूँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त वर्गसंर्घष्ा तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा सम्यवाद यसका आधारभूत मान्यता हुन् । अर्थात् प्रकृति, समाज, राज्यव्यवस्था आदिका बारेमा कार्लमार्क्स र फेडरिक एंगेल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई मार्क्सवाद भनिन्छ । मार्क्सवादले पूँजीपति वर्गको राज्यव्यवस्थालाई ध्वस्त पारि त्यस ठाउँमा र्सवहारा श्रमजीवी वर्गको राज्यव्यवस्था स्थापना गर्ने क्रान्तिकारी बाटो देखाउँदछ । मार्क्सवादका मौलिक विशेषताहरू द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसंर्घष्ा, अतिरिक्त मूल्यको सिद्धान्त, र्सवहारा अधिनायकत्व, तल्लो वर्गको जनतामा राज्यको शक्ति निहित आदि कुरा हुन् ।
काल मार्क्स -सन् १८१८ – १८८६) र फेडरिक एंगेल्स -सन् १८२० – १८९५) ले सन् १८४८ फेब्रुअरीमा कम्युनिष्ट लिग मार्फ कम्युनिष्ट घोषणा पत्र जारी गरेर मार्क्सवाद प्रतिपादन गर्नुभयो । मार्क्सवादको यस ऐतिहासिक प्रतिपादनले दर्शनको क्षेत्रमा महान् क्रान्ति ल्याइदियो । मार्क्सवादी दर्शनको जन्म मानव चिन्तनको उज्जवल तथा प्रगतीशील परम्परालाई आत्मसात गरेर भएको हो । वर्गीय समाजमा प्रत्येक दर्शन वर्गीय हुने कुरा मार्क्सवादी दर्शनमा पनि लागु हुन्छ । मार्क्सवादी दर्शन र्सवहारावर्गको दर्शन हो । यस दर्शनलाई स्टालिनले मार्क्सवादी – लेनिनवादी पार्टी विश्वदृष्टिकोणका रूपमा परिभाषित गरेका छन् । मार्क्सवादी दर्शनको उत्पति ऐतिहासिक आवश्यकताबाट भएकोले र्सवहारावर्गका लागि एक साँच्चिकै वैज्ञानिक दर्शनको खाँचो पूरा गर्ने गरी मार्क्सवादको प्रतिपादन हुनुले मार्क्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनले पुरानो पूँजीवादको विनास र नयाँ साम्यवादी विश्वको सिर्जनाका लागि र्सवहारावर्गलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनको न्यायोचित आधार र निर्देशन प्रदान गरेको छ । यसमा विश्व र्सवहारा वर्गले संसारलाई ठिकसित बुझ्ने र त्यसलाई फेर्ने एक अचुक बौद्धिक अस्त्र भेटाएको छ । यस विषयमा लेनिनले भनेका छन् – “मार्क्सवादी दर्शन एउटा यस्तो परिपूण्ा दार्शनिक भौतिकवाद हो जसले मानवजातीलाई र खास रूपले मजदूर्रवर्गलाई ज्ञानको शक्तिशाली औजार प्रदान गरेको छ ।” मानव समाजमा र्सवहारावर्ग सबैभन्दा शक्तिशाली वर्ग हो । यस विषयमा कार्लमार्क्स स्वयंले यसरी व्याख्या गरेका छन् – “जसरी दर्शनले र्सवहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै र्सवहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।” त्यसैगरी मार्क्सवादको दार्शनिक पक्षको हत्वलाई माओत्सेतुङले यसरी दर्शाएका छन् – “मार्क्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ, मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी समाजवाद अर्थात् वर्गसंर्घष्ाको सिद्धान्त तर जग चाहिँ मार्क्सवादी दर्शन हो । यदि त्यसलाई मनन गरिदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैन, हामी चीजहरूलाई स्पष्ट नपारीकन यताउताको कुरा तर्क मात्र गरिरहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरि सकेपछि थुप्रै दुःख कठटबाट जोगिने छ र धेरै गल्तीहरू हट्ने छन् ।
मार्क्स र एंगेल्सले आफ्नो समयमा एकातिर लासाल तथा प्रँधोर्का सुधारवाद एवं अवसरवाद र ब्लाङ्की तथा बाकुनिनको उग्रवामपन्थि अराजकतावाद जस्ता दुइ थरी गलत प्रवृत्तिका विरुद्ध संर्घष्ा गर्दै मार्क्सवादी सिद्धान्तको रक्षा र विकास गर्दै त्यसलाई समृद्ददशाली तुल्याउनु भयो ।
पहिलो पटक त्यसमा सन् १८८३ मा मार्क्सवादी समूहको विकास भयो । त्यो पलेखानोभको नेतृत्वमा गठन गरिएको मजदूर मुक्ति दल थियो । यहि नै त्यसमा स्थापित कम्युनिष्ट पार्टीीथयो र यसलाई लेनिन -सन् १८७० – १९२४) ले नयाँ ढंगले विकास गर्नुभयो ।
मार्क्सवादको गुणात्मक विकासको दोश्रो चरण लेनिनवाद हो । पूँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु उत्पादन शक्ति, र्सवहारा आन्दोलन तथा ज्ञान विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरूप मार्क्सवादलाई नयाँ उचाँमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवाद जन्मियो । पूँजीवादको चरम अवस्था साम्राज्यवाद भएको व्याख्या गर्दै लेनिनले साम्राज्यवाद र र्सवहारावर्ग बीच भीषण संर्घष्ा हुने कुरा उल्लेख गर्नुभयो । लेनिनवाद भनेको साम्राज्यवाद र र्सवहारा क्रान्तिको युगको मार्क्सवाद हो भनेर स्टालिनले व्याख्या गरेका छन् । लेनिनवाद सामान्यतया र्सवहाराक्रान्तिको सिद्धान्त तथा कार्यनीति र विशेषतः र्सवहारावर्गको अधिनायकतन्त्रको सिद्धान्त र कार्यनीति हो । लेनिनले मार्क्सवादको रक्षा र विकास मात्रै गर्नुभएन, सन् १९१७ अक्टुबर २५ का दिन महान् रुसी अक्टुबर समाजवादी क्रान्ति आफैमा नेतृत्वमा सम्पन्न गर्नुभयो ।
सामन्तवादी तथा साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने, सामाजवादी समाजभित्र उत्पन्न अन्तरविरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरुद्धको लर्डाई लड्नु पर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओत्सेतुङद्वारा मार्क्सवाद – लेनिनवादको थप परिमार्जन तथा विकास गरि त्यसलाई मार्क्सवाद – लेनिनवाद – माओवादको तेश्रो र नयाँ चरणमा गुणात्मक ढंगले उचाइँमा पुर्याउने काम भयो । यसरी मार्क्सवाद – लेनिनवाद माओवाद विश्व र्सवहारावर्गको मुक्तिको सैद्धान्तिक हतियार बन्न पुग्यो ।
यसरी माओले मार्क्सवाद – लेनिनवादको रक्षा र विकास मात्रै गर्नु भएन सन् १९४९ अक्टुबर १ का दिन आफ्नै नेतृत्वमा महान् चीनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर मार्क्सवाद – लेनिनवादको सिर्जनशील ढंगले प्रयोग पनि गर्नुभयो ।
अतः यसरी आज अन्तर्रराट्रय र्सवहारावर्गको हातमा एउटा र्सार्वभौम सिद्धान्तको सिँगो अमेद्य इकाइको रूपमा मार्क्सवाद – लेनिनवाद – माओवाद रहेको छ । माओवादलाई आजको विश्वको मार्क्सवाद – लेनिनवादको रूपमा ग्रहण नगरि कोही पनि सच्चा कम्युनिष्ट बन्न सक्तैन । आजको विश्वको मार्क्सवाद – लेनिनवाद भएकोले नै संसारभरका प्रतिक्रियावादी एवं सबै खाले संशोधनवादीहरूले माओवाद तथा माओका र्सार्वभौम योगदानहरू प्रति र माओवादी क्रान्तिकारीहरूमाथि भीषण हमला गरिरहेका छन् ।
नेपालमा पनि हामीले ठीक २० महिना पहिले नवसंशोधनवादसीत सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी माओवादीको गठन गर्यौं र करीव १३ महिना पहिले सातौं र्रााट्रय महाधिवेशन सम्पन्न गरेर जनयुद्धको जगमा जनव्रि्रोहको कार्यदिशा पारित गरेर महान् सहितको प्रतिबद्धता जाहेर गरेर अगाडि बढेपछि अहिले संसारभरका प्रतिक्रियावादीहरू एवं सबै खाले संशोधनवादीहरूले हाम्रो पार्टी – माओवादी माथि चारैतिरबाट भीषण हमला गरिरहेका छन् । गत मंसीर ४ गते सम्पन्न गरिएको भनिएको कथित दोश्रो संविधान सभा निर्वाचनका क्रममा समेत ती प्रतिक्रियावादी एवं संशोधनवादी शक्तिहरूले हामीलाई चारैतिरबाट कथित निर्वाचन बहिष्कार गरेको निहुँ बनाएर भीषण हमला गरेर सिध्याउने कोसिस गरेको परिघटना हाम्रो सामु ताजै छ । अहिले पनि हामी साम्राज्यवादी, विस्तारवादी एवं सबै प्रकारका प्रतिक्रियावादीहरूको घेरा बन्दिमा छौं । हाम्रो न्यूनतम लक्ष्य नयाँ जनवाद हो भने अधिकतम लक्ष्य समाजवाद तथा साम्यवाद सम्म पुग्ने हो । महान नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर मात्र पुग्ने हो । महान् नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर मात्र हामीले सबैखाले घेराबन्दिालाई तोडेर देश र जनतालाई मुक्त गर्नेछौं ।
हाम्रो मार्गदर्शक सिद्धान्त तथा पथप्रदर्शक सिद्धान्त मार्क्सवाद – लेनिनवाद – माओवाद हो । यही मालेमावादको आलेकमा नै हामीले महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर मुलुकलाई वैज्ञानिक समाजवाद हुँदै साम्यवाद सम्म पुग्ने ढोका खुल्ला गर्न सक्ने छौं । यही नै हाम्रो अभिष्ट हो ।
हामीले जान्नै पर्ने कुरा यो हो कि जसरी मार्क्सवाद लेनिनवादको स्थापना कम्युनिष्ट क्रान्तिकारीहरूद्वारा सबै खाले प्रतिक्रियावाद, संशोधनवाद र अवसरवादका विरुद्धको संर्घष्का क्रममा भएको हो यसरी नै आज माओवादको स्थापना पनि निर्मम संर्घष्ाको बीचबा भइरहेको छ, त्यसरी नै हामी नेपाली माओवादी क्रान्तिकारीहरूले पनि ती सबै खाले प्रतिक्रियावाद संशोधनवाद र अवसरवादका विरुद्ध भीषण संर्घष् अर्थात् वर्गसंर्घष्ा र दुइलाइन संर्घष्ा वा विचारधारात्मक अन्तर संर्घष्ा संचालन गरेर मात्र नेपालमा मार्क्सवाद – लेनिनवाद – माओवादहरूलाई नेपालको सापेक्षतामा र विशिष्टतामा सिर्जनशील ढंगले प्रयोग गर्न सक्तछौं । यसको थालनी हामीले गरिसकेका छौं । यो नै हामीलाई इतिहासले सुम्पेको दायित्व हो । यो दायित्व पूरा गर्न हामी कटिबद्ध र संकल्पबद्ध छौं ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु