एक वर्षमा ३०९ नयाँ उद्योग दर्ता

२०७९ मंसिर १० गते, शनिबार

काठमाडौँ । उद्योग विभागका अनुसार एक वर्षमा ३४ अर्ब ३५ करोड लगानीमा ३०९ वटा उद्योग दर्ता भएक छन् । आर्थिक वर्ष २०७८÷०७९ मा २८ हजार ५२७ जनालाई रोजगारी सृजना गर्नेगरी उद्योग दर्ता भएको ८औं राष्ट्रिय उद्योग दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उद्योग विभागले जानकारी दिएको हो । यससँगै देशभर उद्योगहरुको संख्या ८ हजार ७६४ पुगेको छ भने दर्ता उद्योगहरुको कुल पूँजी २ खर्ब ६२ अर्ब ७२ करोड हाराहारी पुगेको छ ।

विभागका अनुसार यस अवधिमा सबैभन्दा धेरै उद्योग गण्डकी प्रदेशमा र सबैभन्दा कम उद्योग सुदूरपश्चिम प्रदेशमा दर्ता भएका छन् । गण्डकीमा १०३ वटा उद्योग दर्ता हुँदा सुदूरपश्चिम प्रदेशमा वर्षभरिमा कुल १२ उद्योग दर्ता भएका छन् । लुम्बिनी प्रदेशमा ८४, बागमतीमा ३६ र कर्णाली प्रदेशमा ४१ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ । यस्तै मधेश प्रदेशमा १८ र प्रदेश १ मा कुल १५ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ ।

गत वर्ष दर्ता भएकामध्ये ९१ वटा उद्योग ठूलो, १०८ वटा मझौला र ११० वटा उद्योग साना रहेका छन् । जसमध्ये ५२ करोड ८९ लाख लगानीमा कृषि वन पैदावरमा आधारित उद्योगको संख्या २१ भने १७ अर्ब ७ करोड ६७ लाख लगानीमा उर्जा क्षेत्रमा ५० वटा उद्योग दर्ता भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु