‘जनक्रान्ति’ पढ्नैपर्ने पुस्तक

२०७९ मंसिर ११ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीको मुखपत्र ‘जनक्रान्ति’ पाँचौँ अङ्क प्रकाशित भएको छ । नवौँ महाधिवेशनको सङ्घारमा सो अंक प्रकाशित भएको हो । जनक्रान्तिको पाँचौँ अंकमा संसदीय निर्वाचनलाई कम्युनिस्ट पार्टीले कसरी हेर्ने ? भन्ने सम्बन्धमा लेनिनद्वारा अष्ट्रियाली कम्युनिष्ट पार्टीलाई प्रेषित गर्नुभएको चिठ्ठी समावेश गरिएको छ । जसले चुनावी कार्यनीतिलाई कसरी बुझ्ने भन्ने विषयमा धारणा निर्माण गर्न सजिलो हुनेछ । त्यसैगरी, नेकपाका महासचिव विप्लवको ‘दुई घातक हमलाविरुद्ध संघर्ष’ शीर्षकको आलेख समावेश गरिएको छ । यो लेखले दलाल सत्ता र साम्राज्यवादले नेकपामाथि कसरी हमला गरिरहेको छ ? पार्टीभित्रका अवसरवादीहरुलाई कसरी प्रयोग गरिरहेको छ ? र, त्यसको विरुद्ध नेकपाले कसरी लडिरहेको छ र कसरी लड्नुपर्छ भन्ने विषयमा विस्तृत व्याख्या गरिएको छ । महासचिव विप्लवले ‘धर्मेन्द्र ओली’ गुटलाई लिनपियाओ प्रवृत्ति किटान गर्नु भएको छ । उनीहरुका भ्रष्ट, अनैतिक र गैरसर्वहारा प्रवृत्तिको भण्डाफोर गरिएको छ । त्यसैगरी, लेखकले प्रतिबन्धको समयमा लेखेको ‘समय र श्रमको महत्व’ नामक लेख पनि समावेश गरिएको छ । श्रम र समय मानव जीवनका अस्तित्व र विकासका आधार हुन् । यी दुई तत्वले नै मान्छेलाई प्रकृतिका अन्य प्राणीबाट पृथक र श्रेष्ठ बनाएको हो । त्यसको महत्वलाई नबुझ्नु भनेको समाज र व्यक्तिको विनाश हो । सामान्यजस्ता लाग्ने यो लेख ऐतिहासिक महत्वको छ । यो लेखलाई हाम्रो पार्टीभन्दा बाहिरका गम्भीर अध्येताहरुले पनि महत्वका साथ लिने छन् भन्ने हाम्रो बुझाई छ ।

जनक्रान्तिको चालु अंकमा क. विषमको नवौँ महाधिवेशनसबन्धी लेख रहेको छ । जसले महाधिवेशनको महत्वबोध गराउनेछ । चालु अंकमा क. गोकुलद्वारा लिखित ‘हिंसा र शान्तिको द्वन्द्ववाद’ शीर्षकको आलेख समावेश छ । यो आलेखमा माक्र्स, लेनिन र माओले सर्वहारा क्रान्ति कहिले, किन र कुन सन्दर्भमा शान्तिपूर्ण हुन्छ भन्नु भएको थियो भन्ने विषय शोधपरक शैलीमा लेखिकएको छ । शान्तिपूर्ण  र हिंसात्मक दुवै बाटो खुला राख्दै बल प्रयोगको नीतिलाई किन सार्वभौम महत्वको ठान्ने भन्ने विषयमा दार्शनिकहरुको समग्र धारणा राखिएको छ । दार्शनिकहरुले विशिष्ट अवस्थामा बोलेका विषयलाई समग्र र अन्तिम निष्कर्षको रुपमा लिएर विभ्रम सिर्जना गर्ने वितण्डतावादको खण्डन गरिएको छ र माक्र्सवादको रक्षा गरिएको छ । हिंसा र शान्तिको द्वन्द्ववादलाई सहित्यपरक शैलीमा राख्ने र शोधपरक शैलीमा राख्न नसक्ने समस्यालाई यो आलेखले सम्बन्धित विषयमा समाधान गरिएको छ । त्यसैगरी, स्थायी समिति सदस्य क. शिलुद्वारा लिखित ‘समाजवादी सत्ता र अधिनायकत्वबारे’ आलेख समावेश छ । पुँजीपतिवर्गले सर्वहारावर्गमाथि सबैभन्दा बढी हमला गरेको विषय नै अधिनायकत्वको विषय हो । त्यसैगरी, बाकुनिनले सबै प्रकारका सत्ताको विरोध गरेका थिए । तर, माक्र्सले सत्ताको विलोपीकरणको लागि संक्रमणकालीन सत्ताको औचित्य दर्शाउनु भएको थियो । लेनिनले ‘राज्य र क्रान्ति’ कृति नै लेखेर सर्वहारा सत्ताको रक्षा गर्नुभयो । माक्र्सको ‘पेरिस कम्युन’ कृति त्यसै विषयमा केन्द्रित छ । यस्तो महत्वपूर्ण विषयको छनोट र त्यसभित्र प्रवेश गरेर निस्कनु आफैँमा कठिन काम हो । लेखक क. शिलुले सो दायित्व बहन गर्नुभएको छ । तसर्थ, जनक्रान्तिको पाँचौँ अंक पठनीय र संग्रहणीय रहेको छ भन्ने हाम्रो बुझाइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेकपा जनताको आशा र भरोसाको केन्द्र

२०८२ बैशाख ९ गते, मंगलवार

नेकपाको अगाडिका चुनौति र अवसर

२०८२ बैशाख ९ गते, मंगलवार

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार